राम चन्द्र प्रजापति
भक्तपुर । कार्तिक ३० गते आइतबार
नेवा: मिसा दबू ख्वप नगर समितिको दोस्रो अधिवेशन अध्यक्ष सुनिता कर्माचार्यको सभापतित्वमा शनिबार दतात्रयमा सम्पन्न भयो। अधिवेशन विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका कोषाध्यक्ष रामगोपाल चौगुठिले उद्घाटन गर्नु भयो। उहाँले भक्तपुर नगरको कला संस्कृति साहित्य भाषा लिपिको उथान गर्न स्थानिय भक्तपुर नगर पालिकाले गर्नु पर्ने काम नेवा: मिसा दबूले गरिरहेको कामको प्रशंसा गर्नु भयो। राज्यको भुमिकामा नेवा: एकता भएर अघि बढन यस्तै विभिन्न संस्थाको भुमिका बनाउनु पर्नेछ।
नेवा: देय् दबूको उपत्यका विशेष समितिका पूर्व अध्यक्ष श्रीकृष्ण महर्जनले नेवा: देय् दबू एउटा नेवाहरुको राष्ट्रिय संस्था हो।देय दबूले राज्यसंग समन्वय गरेर प्राप्त उपलब्धिलाई कार्यन्यनमा लानुपर्ने बताउनु भयो।नेवा: संस्कृति नेपालभाषालाई काम काजमा प्रयोग गर्न बागमती प्रदेश सरकारले कानुनी मान्यता पाइसकेको छ अब भक्तपुर नगर पालिकामा ९८% प्रतिशत भन्दा बढी नेवाहरु रहेको पालिकामा नेपालभाषाबाट काम काज प्रयोगमा ल्याउन आग्रह गर्नु भयो।
नेवा मिसा दबू केन्द्रका अध्यक्ष कस्तुरी श्रेष्ठ,नेवा: मिसा दबू केन्द्रिय सदस्य सपना वाडे,
न्ह्योज्या खल थिमिका अध्यक्ष दामोदर श्रेष्ठ, रन्जितकार समाजका प्रतिनिधि प्रमिला रंजितकार,नेवा: मिसा दबू ख्वपका अध्यक्ष सरिता दुवाल,
नेवा:देय दबू ख्वप जिल्लाका अध्यक्ष नरेश सुवाल, नेवा:देय दबू ख्वप नगरका अध्यक्ष कृष्ण प्रसाद प्रजापति लगाएतले अधिवेशन सफलताको शुभकामना दिनु भयो।
नेवा: मिसा दबू ख्वप नगर समितिको नयाँ नेतृत्व सुनिता कर्माचार्यको अध्यक्षतामा पुन: निर्विरोध निर्वाचित भयो।
उपाध्यक्ष निरु कर्मचार्य, सचिव रेनु कर्माचार्य,कोषाध्यक्ष ललिता अमात्य सदस्यमा आरती छ्वाजु ,कल्पना कर्माचार्य ,रन्जना सुवाल, कमलेस्वरी याकामि,सुनिता सायजु,मनेश्वरी छ्वाजु, पञ्च लक्ष्मी कोजु,बिन्दु शिल्पकार
निर्बिरोध निर्बचित भएको नेवा: देय् दबू ख्वप जिल्ला समितिका अध्यक्ष एवं निर्वाचन समितिका संयोजक नरेश सुवालले जानकारी दिनु भयो।
