Header ads

नेपालीको नयाँ बर्ष ने.स.११४६ को अवसरमा न्हुदँ भिन्तुना र्‍याली तथा सामुहिक धिमे नृत्य भक्तपुर नगर परिक्रमा

नेपालीको नयाँ बर्ष ने.स.११४६ को अवसरमा न्हुदँ भिन्तुना र्‍याली तथा सामुहिक धिमे नृत्य भक्तपुर नगर परिक्रमा

राम चन्द्र प्रजापति


भक्तपुर । कार्तिक ६ विहिवार।नेवा: देय् दबू,मल्ल प्रधानाङ्ग प्रतिष्ठान, श्री इन्द्रायणी पुच,आरम्भ वाद्यशाला र ख्वप छेंको संयुक्त आयोजनामा  मंगलवार नेपालीको नयाँ बर्ष ने.स.११४६ को अवसरमा न्हुदँ भिन्तुना र्‍याली तथा सामुहिक धिमे नृत्य भक्तपुर नगर परिक्रमा गरि कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा नेवा: देय् दबू भक्तपुर नगर समिति अध्यक्ष कृष्ण प्रसाद प्रजापति, नेपाल साहित्य मन्दिरका अध्यक्ष माणिकबाबु गोङ्ग,विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिका सचिव प्रदिपरत्न शाक्य ,मल्ल प्रधानाङ्ग प्रतिष्ठानका माधव सुन्दर मल्ल श्री इन्द्रायणी पुचका राधेसुन्दर सैन्जु लगाएतले नेपाल सम्वत नेपालको मौलिक सम्वत यो सम्वत राष्ट्रिय सम्वत हो ।यो सम्वत लामो समय सम्म प्रयोग भएको प्रचलनमा  हाल सम्म चली आइरहेको सम्वत नेपाल सम्वत मात्र रहेको छ। नेपाल सरकारले कामकाजमा प्रयोगमा समेत ल्याएको अवस्था छ।सांस्कृतिक तथा सांस्कृतिक सम्पदा नेवा: पोषाक पर्वबारे न्हुदँ भिन्तुना र्‍यालीबारे अतिथिहरुले आ आफ्नो धारणा प्रष्टरुपमा राख्नु भयो।कार्यक्रमको सुरु भक्तपुर खौमा मास्टर जगतसुन्दर मल्लको सालिकको प्राङ्गणबाट भएको थियो। र्‍याली खौमा ,दरवास्वायर,त्रिपूरासुन्दरी,चोछें,तुछिमला,महालक्ष्मी,नागपोखरी,सल्लागणेश,
क्वाठण्डौ, गछें,त्वचा,सुर्यमढी,दतात्रय,गोल्मढी,सुकुलढोका,हुँदै तौमढीमा र्‍याली तथा सामुदायिक धिमे नृत्य समापन गरियो। कलाकारहरु २१७ जनाको सामुहिक धिमे नृत्य खौमा, दरवारस्वायर, नवदुर्गास्थान,दतात्रय र तौमढी स्थानमा नृत्य प्रस्तुत गर्नु भएको थियो। नृत्य प्रशिक्षण न्हुदँ समारोह समिति ने.स.११४६ का संयोजक वरिष्ठ नृत्य प्रशिक्षक महेश प्रकाश हाडाले गर्नु भएको थियोे ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *