Header ads

प्रेमशान्ति तुलाधरज्यूलाई विराट हना: पौ सम्मान

प्रेमशान्ति तुलाधरज्यूलाई विराट हना: पौ सम्मान

राम चन्द्र प्रजापति
भक्तपुर । ६ कार्तिक । जातिय स्वतन्त्रता यात क्वतेल राष्ट्रया उथान जुये फइमखु (जातिय स्वतन्त्रतालाई थिचोमिचो गरेर राष्ट्रको उथान हुन सक्दैन) भने मुल धारणाका साथ ६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको सभापतित्वमा आज भव्यरुपमा सम्पन्न भयो। जनपक्षीय साहित्य विकास गर्ने र देशभित्रका सबै भाषालाई राज्यले समान व्यवहार गर्न आवाज बुलन्द गर्ने उदेश्य बोकेर यस संस्थाले काम गर्दै आएको ६५ वर्ष भएको छ । कौलाथ्व द्वादशी ( दशैपछिको द्वादशी) विराटको स्थापना भएको दिनका रुपमा बर्सेनी विराट नेपालभाषा साहित्य सम्मेलन हुँदै आएको अध्यक्ष कर्मचार्यले भनुभयो।
तलेजु बैङ्क्वेट, भक्तपुरमा वरिष्ठ साहित्यकार प्रा. नर्मदेश्वर प्रधानको प्रमुख आतिथ्यतामा ६५ औं सम्मेलनमा आफूले विराटलाई राम्रोसंग नजिकबाट चिनेबुझेको र ६५ औं सम्मेलनको मञ्चबाट प्राध्यापन, लेखन, इतिहास अन्वेषनका साथै विभिन्न संघसंस्थामा आवद्ध भएर योगदान गर्दै आउनु भएका प्रा. प्रेमशान्ति तुलाधरज्यूलाई विराट हना: पौ आफुले सम्मान गर्न पाउँदा आफू गौरवको महशुस भएको बताउनु भयो। उहाँको योगदानको कदर गर्दै सम्मान पत्र  र दोसलाले अभिनन्दन गरि सम्मान गरियो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *