रामचन्द्र प्रजापति
भक्तपुर । ८ कार्तिक। गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा
गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो।
नेकपा (एमाले) का पोलिट्व्युरो सदस्य पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको गुण्डुमा निर्माण हुन लागेको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासका लागि कुनै पनि प्रकारको चन्दा संकलन नगरिने स्पष्ट पारेका छन्। जेन-जी आन्दोलनका क्रममा ओलीको निजी निवास जलेपछि गुण्डुमा नयाँ घर निर्माण गर्ने पहल भइरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा चन्दा संकलन भइरहेको समाचार आएको भन्दै नेता बस्नेतले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो स्पष्टीकरण दिएका हुन्। उनले लेखेका छन्, ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन। यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो।
