
राम चन्द्र प्रजापति
भक्तपुर। ३ असार ।
क्रियाशील पत्रकार मन्चको आयोजनामा र सुर्यविनायक नगर कार्यपालिकाको समन्वयमा मन्चका अध्यक्ष रमेश गिरीको सभापतित्वमा सुर्यविनायक नगर पालिकाको वडा नं ५,६,७ र १० को छुटाछुटै वडास्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भयो।
नगर कार्य पालिकाको समन्वयमा सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूका वडा अध्यक्ष रवीन्द्र सापकोटाले महेश वस्नेत सांसद नभएपछि वडाको विकास रोकिएको बताएका छन् । सोमबार भएको वडास्तरीय सार्वजनिक सुनवाईमा उनले संघीय र प्रदेशबाट आउने बजेट नआएकाले विकास रोकिएको बताए । महेश वस्नेत सांसद हुँंदा वडामा संघीय र प्रदेशबाट करोडौ बजेट आउने गरेको तर अहिले केही लाखमा सिमित भएको उनले बताए । सार्वजनिक सुनवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ वडा अध्यक्ष सापकोटाले वडावासिको जिज्ञासालाई सहजरुपमा मेटाउनु भयो।
त्यस्तै सोमबार नै सम्पन्न सार्वजनिक सुनवाईमा सूर्यविनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ईश्वर खड्काले वडाका विभिन्न प्रगतिहरुबारे जानकारी गराए । साथै उनले वडाबासीहरुले उठाएका प्रश्नहरुबारे पनि जवाफ फर्काए ।
सार्वजनिक सुनवाई कार्यक्रमको क्रममा मंगलबार प्रगतिमार्ग सामुदायिक भवनमा सम्पन्न भएको सुर्यविनायक नगर पालिकाका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीले स्वास्थ्य, शिक्षा,बाटो,खानेपानी, ढल, बत्ती लगाएतको विकास निर्माणको पुर्वाधारको हिसाबले आफ्नो वडा राजधानी भएको बताउनु भयो।
वडा अध्यक्ष जोशीले म बिग्रेको भनेको तपाईहरु विग्रीनु हो।त्यसैले विकास निर्माणका कामहरुमा वडावासिको सल्लाह सुझाव अनुसार कमि कमजोरी कम गरी प्राथमिकताका साथ आवश्यकताको आधारमा काम गरेको छु।प्रत्येक टोल सुधार समितिलाई जवाफदेहीता हुन लिखित निर्देशन दिएको छु। वडाबाट पाएका सेवा सुविधा विकासका कार्य व्यबहारबारे मैले चित्त बुझाएको जस्तो लाग्दछ उठेका प्रश्नको जवाफ जोशीले सरल भाषामा प्रष्ट दिनु भयो।
त्यस्तै वडास्तरीय सार्वजनिक सुनवाइ कार्यक्रम वडा नं १० को आफ्नै सभाकक्षमा सम्पन्न भयो।
कार्यक्रममा विभिन्न विकास निर्माणका कार्य लगाएत १०५ वटा योजना सम्पन्न भएको छ। एक सहभागीले वडा अध्यक्षले कुनै पनि विद्यार्थी पोशाककै कारणले पढ्न नछुटोस भनी भनेको कुरा स्मरणीय गर्नु भयो
वडा अध्यक्ष शिवराम राउतले सहभागी विभिन्न व्यक्तित्वले राखेका प्रश्नको सवालमा जवाफ अत्यन्तै खरो तर सतिक रुपमा आम नागरिकले मनमै छुने गरि प्रष्ट रुपमा राख्नु भयो।
कार्यक्रम संचालन चार वटै वडामा ऋषिकेश श्रेष्ठले गर्नु भएको थियो। क्रियाशील पत्रकार मन्चका कोषाध्यक्षले सार्वजनिक सुनवाईको उदेश्य र औतित्यबारे प्रष्ट पार्नु भएको थियो ।


