404 Not Found


nginx
फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट - परिवर्तनशील आवाज
Header ads

फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट

फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित सञ्चालन ‘फिस टनेल एक्स्पो २०८२’मा २० हजार भन्दा बढीले अवलोकन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको सांसद दुर्लभ थापाले उद्घाटन गर्नुभएको थियो । यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने आन्तरिक पर्यटनको प्रवद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने र स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन खोलिएको यस एक्स्पो सफल भईरहेको आयोजक संस्थाका अध्यक्ष सन्दीप महत बताउनुभयो ।

उहाँले एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको बताउँदै “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्ने जानकारी दिनुभयो । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।” दुर्लभ तथा रंगीन समुद्रमा पाइने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम भएर हाल विभिन्न क्षेत्रबाट स्थानीय पर्यटनहरु आएर अवलोकन गरी राम्रै प्रतिक्रियाहरु दिनुभएको अध्यक्ष महत बताउनुहुन्छ साथै साउन १० गते सम्म सञ्चालन हुने यस फिस टिनेल एक्सपोमा विद्यालयहरुलाई शैक्षिक अवलोकनमा आउँदा विशेष छुट दिइने पनि उहाँले जानकारी दिनुभयो ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *