Header ads

मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न

मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न

भक्तपुर असार, २९ गते । मनसुनजन्य विपद पुर्वतयारी सम्बन्धमा पत्रकारहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भएको कार्यक्रममा बाढी र डुबानका क्षेत्रहरुको बारेमा प्रस्तुति गरिएको थियो ।

भक्तपुरमा रहेका चार वटा नगरपालिका सुर्यविनायक, चागुनारायण, मध्यपुर ठिमी र भक्तपुर नगपालिका भित्र बाढी र डुबानमा पर्न सक्ने जोखिमयुक्त क्षेत्र र बाढी, पहिरो तथा डुबान प्रभावितलाई स्थानान्तरणको सम्भावित वैकल्पिक स्थानहरु/खुला क्षेत्रहरुको विषयमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो चिरञ्जीवी भण्डारीले जानकारी गराउनुभएको थियो ।

 

साथै कार्यक्रममा चार वटा नगरपालिका, डिभिजन सडक कार्यालय भक्तपुर, विधुत प्राधिकरण, नेपाल टेलिकम, सरकारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी, गैर सरकारी संस्था महासंघ भक्तपुर, जिल्ला जन स्वास्थ्य भक्तपुर, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र सिचाई डिभिजनका प्रतिनिधिहरुले विपद व्यवस्थापनका विषयमा के कस्ता तयारी भएका छन् सो बारेमा समेत जानकारी गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख भरत मणि पाण्डेले विपद व्यवस्थापनमा सबै सम्बन्धित निकायहरु सक्रिय रुपमा लाग्न अनुरोध गर्नुभयो । जोखिम न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन सक्रिय भएको कुरा जानकारी गराउदै विपदको समयमा सम्बन्धित सबै संघ संस्थाहरुको साथ र सहयोगद्वारा जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *