404 Not Found


nginx
एकअर्काको सहकार्यमा पुल बनाउन समिति बनाएर काम गर्न सहज हुने सुझाव - मन्त्री किरण थापा - परिवर्तनशील आवाज
Header ads

एकअर्काको सहकार्यमा पुल बनाउन समिति बनाएर काम गर्न सहज हुने सुझाव – मन्त्री किरण थापा

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय ढुङ्ग्रेखोलामा बनिरहेको करिडोर बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सूर्यविनायक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, समाजसेवी अनिता पाण्डे र वडा सदस्यहरुको टोलीसहितले अनुगमन गर्नुभएको छ । मन्त्री थापाले बनिरहेको करिडोरका निमित्त बागमती प्रदेश सरकारले एक करोड ५० लाख छुटाइएको जानकारी दिनुभएको छ ।
उहाँले खोलाको छेउछाउमा घर बनाएर बस्नुहुने सम्पूर्ण स्थानीयबासीहरुलाई आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितलाई प्राथमिकता दिनुहुन आग्रह गर्दै करिडोरको विषयलाई लिएर वडालाई बजेट विनियोजन भएसँगै चाँडो भन्दा चाँडो काम अगाडी बढाउन र विजुलीका पोललाई उपयुक्त ठाउँमा सार्न पनि निर्देशन  दिनुभएको छ । उहाँले गत महिना भएको वर्षाका कारण वडा नं. ४ र वडा नं. ५ जोडिने र आउँजाउँ गर्न मिल्ने पुल भाँचिएको हुनाले सम्पूर्ण टोलबासीहरुलाई वडा सँगसँगै एकअर्काको सहकार्यमा पुल बनाउन समिति बनाएर काम गर्न सहज हुने सुझाव पनि दिनुभएको छ । त्यस्तै सूर्यविनायक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले यस ढुङ्ग्रेखोलामा बनिरहेको करिडोरका लागि सूर्यविनायक नगरपालिकाले १ करोड २० लाख, वडा नं. ५ ले १० लाख छुटाएको जानकारी दिँदै हाल ८० लाख सम्मको काम भइरहेको बताउनुभएको छ साथै उहाँले यस करिडोर बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सनले लिनुभएको हुँदा सकेसम्म चाँडै करिडोर बनेर यहाँका स्थानीयहरुलाई बर्षाको समयमा जोखिममुक्त बनाउने आशा राखेको पनि बताउनुभएको छ । उहाँले गत महिना वर्षाको समयमा भाँचिएको पुल बनाउन पनि वडाले ४ लाख बजेट छुटाएर काम अगाडी बढाउने पनि प्रतिबद्धता जनाउनुभएको छ । समाजसेवी अनिता पाण्डेले गत वर्ष भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि करिब ३० घर डुबानमा परी स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको जानकारी दिँदै बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतल्लाभित्र पसेको पानी चार फिटसम्म पुगेर बिचल्ली हुने अवस्था छ त्यसकारण उहाँले स्वास्थ्य मन्त्री किरण थापा, वडाध्यक्ष राजकुमार जोशी , नगरपालिकाका प्रतिनिधि र सम्पूर्ण टोलबासीहरुलाई यस गडेधाराको ढुङ्ग्रेखोलामा सुरु भएको करिडोर निर्माण सकभर चाँडै सिध्याउन आफ्नो आफ्नो तर्फबाट लाग्नुहुन आग्रह गर्दै आफू पनि यही टोलबासी भएको नाताले भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि सदैव अगाडी रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *