Header ads

परिवर्तन समाजको वैठक सम्पन्न

परिवर्तन समाजको वैठक सम्पन्न

भक्तपुर १६ श्रावण । परिवर्तन समाज भक्तपुरका अध्यक्ष राम चन्द्र प्रजापतिको अध्यक्षतामा विहिवार कार्य समितिको वैठक सप्पन्न भयो। वैठकमा परिवर्तन समाजका उद्देश्य तथा वार्षिक कार्यक्रम अनुसार अध्यक्षले प्रस्ताव प्रस्तुत गर्नु भयो।

सल्लाहकार कृष्ण प्रजापतिले आफुले सिकेका ज्ञान सीपलाई प्रस्तुति गर्न संस्थामा बस्नु आवश्यक छ। एक्लैले गर्न नसकेका काम सामुहिक प्रयासले गर्न सकिन्छ।भाषा साहित्य कला संस्कृति सम्बन्धि कार्यक्रम ल्याएकोमा आफ्नो तर्फबाट  साथ सहयोग रहनेछ।हामीले इतिहास र भुगोल यी दुइटा विषयमा ज्ञान हुनपर्ने जसले गर्दा गन्तब्य पुग्न  कामकारबाहीमा सहयोग हुने बताउनु भयो।

सदस्य कृष्ण कुमारी प्रजापतिले प्रस्तावसंग सबै सक्रिय  छ्लफल गरेर प्रभाकारी रुपमा वैठक संचालन भएको र आफ्नो अनुभवलाई शेयर गर्नु भयो। त्यस्तै सदस्य पृथ्वी वासुकलाले आ आफ्नो व्यवसायलाई एक आपसमा सहयोग आदानप्रदान गरि व्यसायिक प्रोत्साहन गर्नु पर्ने ,परिवर्तन समाजलाई सबैले सकेको समय दिई अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो।त्यस्तै रोसनी शिल्पकार,गंगा गोसाई,शोभा सुवाल,कृष्णश्वरी ज्याख्व लगाएतले परिवर्तन समाजले गरेका कामको सकारात्मक चर्चा गर्नु भयो।
वैठकले पाँच वटा निर्णयहरु सर्वसहमतीले निर्णय गरियो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *