404 Not Found


nginx
मेयर बासुदेव थापासंग नेवाः देय् दबू ख्वप मंका अक्षय कोष” नामक स्थायी अक्षय कोष स्थापनाबारे छलफल गर्न नेवाः देय् दबू - परिवर्तनशील आवाज
Header ads

मेयर बासुदेव थापासंग नेवाः देय् दबू ख्वप मंका अक्षय कोष” नामक स्थायी अक्षय कोष स्थापनाबारे छलफल गर्न नेवाः देय् दबू

मेयर बासुदेव थापासंग नेवाः देय् दबू ख्वप मंका अक्षय कोष” नामक स्थायी अक्षय कोष स्थापनाबारे छलफल गर्न नेवाः देय् दबू


राम चन्द्र प्रजापती

सुर्यविनायक, ९ भाद्र ।सुर्यविनायक नगर पालिकाका मेयर बासुदेव थापासंग नेवाः देय् दबू ख्वप मंका अक्षय कोष” नामक स्थायी अक्षय कोष स्थापनाबारे छलफल गर्न नेवाः देय् दबू भक्तपुर जिला समितिका अध्यक्ष नरेश सुवालको नेतृत्वमा र नेवा: देय् दबू भक्तपुर नगर समितिका उपाध्यक्ष राम चन्द्र प्रजापतीको समन्वयमा भेटघाट कार्यक्रम सम्पन्न भयो।
अध्यक्ष सुवाले स्थापना काल देखि नेपालको प्रमुख मुर्त अमुर्त सम्पदाहरु नेपाल लिपि नेपाल सम्बत नेपाल भाषा लगायत देशको कला संस्कृति जात्रा पर्व उत्थान प्रचार प्रसार गरी सांस्कृतिक क्षेत्रमा योगदान गर्दै पर्यटन बिकासको लागि निरन्तर रुपमा काम गर्दै आएको सुर्यविनायक नगर पालिकाका मेयर बासुदेव थापा समक्ष जानकारी गर्नु भयो ।

नेपालको संविधान २०७२ अनुसार स्थानीय भाषा लिपि कला सस्कृति उत्थानको लागि स्थानिय सरकारलाइ पुर्ण रुपमा अधिकार दिएको कुरा स्थानिय समुदायको लागि निकै खुसीको कुरा हो र यस्मा स्थानिय सरकारले आफ्नो जिम्मेवारी बहन गर्नेमा हामी स्थानीय पुर्ण बिस्वास पनि छ ।

स्थानिय सस्कृति भाषा कला लिपि सम्पदा सम्रक्षणको क्षेत्रमा नेवाः देय् दबू भक्तपुर जिल्ला समिति, सुर्य बिनायक नगर पालिका सरकार सगै हातेमालो गर्दै हाम्रो भौतिक सहयोग रहने बचन दिन चाहन्छौ। नेवाः देय् दबू भक्तपुर जिल्ला समितिले बिगत केहि बर्ष देखि स्थानिय जनस्तरबाट धेरै थोरै चन्दा संकलन गर्दै नेवाः देय् दबू ख्वप मंका अक्षय कोष” नामक स्थायी अक्षय कोष स्थापना गरी स्थानियहरु बाटै भाषा लिपि कला संस्कृति त्यस्तै मुर्त अमुर्त सम्पदा सांस्कृतिक रुपमा उचाइमा पुर्याउने कोषको मुख्य उद्देश्य भएको हुनाले कोष वृद्धिको लागि यस सुर्यबिनायक नगरपालिका संग केहि आर्थिक सहयोगको अपेक्षा अध्यक्ष सुवाले राख्नु भयो।

मेयर बासुदेव थापाले भाषा लिपि कला संस्कृति त्यस्तै मुर्त अमुर्त सम्पदा क्षेत्रमा जगेर्ना गरी सांस्कृतिक रुपमा उचाइमा पुर्याउने कोषको मुख्य उद्देश्य भएको हुनाले कोष वृद्धिको लागि सक्दो सहयोग गर्ने वचन दिनु भएको छ।

भेटघाट कार्यक्रममा नेवा: देय् दबू  उपत्यका विशेष समिति सदस्य कृष्ण प्रजापति, नेवा: देय् दबू भक्तपुर नगर अध्यक्ष कृष्ण प्रसाद प्रजापति, नेवा: मिसा दबू जिल्ला अध्यक्ष सरिता दुवाल, नेवा:मिसा दबू भक्तपुर नगर अध्यक्ष सुनिता कर्माचार्य, सदस्य अन्जना सिजख्व, लक्ष्मी प्यारी बोहजु सहभागी रहेका छन्न ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *