Header ads

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु

काठमाडौं, असोज २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना अहिलेको व्यवस्था र देश सिद्ध्याउने योजना अनुसारको घटना भएको बताउनुभएको छ ।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देखिएको घटना वर्षैँदेखिको प्रयासका कारण भएको बताउनुभयो । संसद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँ अघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका उहाँले दाबी गर्नुभयो । ‘सिंहदरबार जलाउँछौँ, अन्तराष्ट्रिय सम्मेलन केन्द्र जलाउँछौँ भनेकै हुने, चैत १५ मा पनि अन्तरािष्ट्रय सम्मेलन केन्द्र जलाउन तिर गएकै हुन् त’, ओलीले भन्नुभयो ।

नेपालको सफलता, संस्कार, संस्कृति र गौरव मन नपराउने अन्तैबाट पालित पोषित तत्त्वले देश र देशको सम्पत्ति र सम्पदा मन नपराएका ओलीले बताउनुभयो । सार्वजनिक धरोहर, सार्वजनिक सम्पत्ति, व्यक्तिका घर र औद्योगिक प्रतिष्ठान जलाउने, प्रहरीका हतियार र बर्दी खोस्ने जस्ता तमासा भएका ओलीले बताउनुभयो । राष्ट्विादी र देश भक्तिपूर्ण आन्दोलनका विरुद्ध यस्ता शक्ति लागेका उहाँको भनाइ छ ।

तानासाही र अधिनायकवादलाई फालेर लोकतन्त्र स्थापना गरिएको बताउँदै ओलीले ती सबै अप्ठेरा पार गरेर एमाले अहिलेको अवस्थामा आएको बताउनुभयो । अहिले पनि एमाले असहज स्थितिमा रहेको बताउँदै त्यसलाई काँधमा बोकेर हिँड्ने उहाँले स्पष्ट पार्नुभयो ।

भदौ २३ र २४ को घटना अनेपेक्षित नभएको बताउँदै उहाँले त्यसै दिन त्यस्तो अवस्था हुन्छ होला भन्ने आङ्कलन नगरिएको बताउनुभयो । सोही दिन त्यस तहको घटना होला भन्ने नभएकोले त्यसका लागि तयारी अवस्थामा नरहेको ओलीको भनाइ छ । ‘उनीहरू प्रयास त गरिरहेका थिए, तर हामी त्यसलाई रोक्छौँ भन्ने थियो, राज्य संयन्त्रकै प्रयोगबाट त्यसलाई रोक्न सकिन्थ्यो, तर सकिएन’, उहाँले भन्नुभयो ।

लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै ओलीले अब यसको रक्षा जनताबाट नै हुनु पर्ने बताउनुभयो । लोकतन्त्र र संविधानमा जति चोट लागेको छ त्यसको मलमपट्टी गर्ने काम जनताको तर्फबाट नै हुनु पर्ने उहाँको भनाइ छ ।

आलिले सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बन्नुभएको र संसद् विघटन समेत असंवैधानिक तरिकाले गरेको उहाँले बताउनुभयो । ‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नु पर्दछ, चुनाव हुनेवाला छैन, चुनाव गराउने बाटो सरकारले समातेको छैन, अवैध ढङ्गको अवैधानिक सरकार हो यो’, उहाँले भन्नुभयो ।

ओलीको जेनजीको माग अहिलेका कुनै पनि घटनाक्रमसँग नजोडिएको बताउनुभयो । उनीहरूको माग जम्मा सुशासन र सामाजिक सञ्जाल खोल्नु पर्ने मात्र रहेको र उनीहरूले आज पनि सो कुरा बताइरहेका बताउनुभयो । त्यसैले एमालेका को काँधमा अहिले गहन जिम्मेवारी रहेको र त्यो पुरा गर्न जिम्मेवारीका साथ लाग्नु पर्ने उहाँले धारणा राख्नु भयो । ‘आजसम्म जे भयो भयो, अब उप्रान्त हाम्रो पार्टीमा सुदृढ एकता आवश्यक छ’, उहाँले भन्नुभयो ।

ओलीले कसैले फेसबुकमा गाली गर्दैमा आफूले पार्टी अध्यक्ष पद नछाड्ने बताउनुभयो । ओली केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने उहाँले स्पष्ट पार्नुभयो । ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले आदेश दिए एक मिनेट पनि बस्दिनँ, यो कमिटी भन्दा बाहिर गएर लोकप्रियतावादको पछि कुदेर यो कमिटीको कोही सदस्य भन्दैमा हुँदैन’, उहाँले भन्नुभयो ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *