404 Not Found


nginx
भाषा आन्दोलनको महत्व - परिवर्तनशील आवाज
Header ads

भाषा आन्दोलनको महत्व


० कृष्ण प्रजापति
भाषा मानव जातिको महत्वपूर्ण उपलब्धी हो । मानव विकास क्रममा भाषाको पनि उत्पत्ति भयो । विश्वमा दिनहुँ जसो नयाँ नयाँ भाषाहरु सिर्जना भैरहेको हुन्छ । दैनिक जसो कायम रहेका भाषाहरु लोप पनि हुन पुगेका हुन्छन् । मातृभाषा बोल्ने भाषिक समुदायले आफ्‌नो मातृभाषालाई कायम गर्नु पर्दछ भन्ने भावनाले काम गरिएन भने विश्वमा सीमित भाषा मात्रै कायम रहन्छ । यस्तै खालका विभिन्न चिन्ताहरुले भाषालाई लिखित, मौखिक र आधुनिक प्रविधिसंग समाहित गरी लग्नु जरुरी भएको हो । कुनै बखत काठमाडौं उपत्यकाभित्र समग्र रुपमा नेपालभाषा बोल्ने समुदायको बसोबास रहेको स्थान थियो । अनि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुंग समग्र रुपमा राई लिम्बुहरुको भाषा मात्रै बोल्ने स्थान थियो । पहिला सीमित स्थानहरुमा लेप्चा जाति बसोबास गरी लेप्चा भाषा बोल्ने समुदाय पनि रहेको थियो । आज लेप्चा जाति र उक्त भाषा बोल्ने समुदाय लोप प्राय भैसकेको अवस्था छ । यो आफ्‌नो मातृभाषा प्रति माया, मोह र सम्मानको कमीले गर्दा हुन पुगेको अपुरनीय क्षति मान्नु पर्दछ ।
राज्यसत्ता बाहुन क्षेत्र समुदायको हातमा परेसंगै पश्चिम नेपालमा सीमित रहेको खस् नेपाली भाषा पछि गोर्खा जिल्लाका शाह राजाहरुले पनि बोल्ने भाषा भएसंगै गोर्खा भाषा राज्य भाषा हुन पुग्यो । पृथ्वीनारायण शाह राजा भएपछि राज्य बिस्तारको क्रममा पूर्व र पश्चिमका बाइसे चौबीसे राज्य जित्ने क्रममा एक दिन नारद सत्यलोक पुगिगया, लोकको गरुं हीत भनी भन्ने खालका संस्कृत जस्तो कठीन भाषाबाट अत्यन्तै जनबोलीमा रहेको खस् नेपाली भाषाबाट प्रसिद्ध रामायण जस्तो कृतिलाई चलन चल्तीको जनबोलीमा धार्मिक ग्रन्थ खस् भाषामा पढ्ने मौका संगसंगै खस् नेपाली भाषाले देशब्यापी साम्राज्य फैलाउन सम्भव भएको हो । नभए उक्त भाषा सुरुमा त जुम्लाको सिंजा प्रान्तमा मात्रै सीमित खस् भाषाको रुपमा रहेको थियो । राज्य ब्यवस्था नै लागेपछि जे सुकै गर्न सकिन्छ भन्ने उदाहरण देवनागरी जस्तो भारत वर्षको लिपि र खस् नेपाली भाषा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म फैलाउने काममा पृथ्वीनारायण शाहको एकीकरण नाम दिएर फैलाएको साम्राज्य र भानुभक्त आचार्यको भाषिक साम्राज्यले ठूलो भूमिका खेलेको देखिन्छ ।
यही क्रममा देशमा प्रजातन्त्रको सात वर्ष पछि २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्थापना भयो । ६८ वर्षको इतिहास रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले एक भाषा, एक जाति र एक धर्मको मात्रै पक्षपोषण गरी विभिन्न भाषा भाषी र जनजातिहरुलाई धुरीमा पारीदियो । अहिले पनि प्रज्ञा प्रतिष्ठानले सबै भाषाहरुलाई समान न्याय गर्न सकिरहेको छैन । भाषा साहित्यको विकास गर्ने उच्च निकायको रुपमा स्थापना गरिएको उक्त संस्थाले स्थापना कालदेखि अहिले सम्म पनि खस् नेपाली भाषा एउटाको लागि मात्रै काम गरिरहेका कारण अन्य भाषाहरुको अस्तित्वमा समेत खतरा उत्पन्न हुन पुग्यो । कतिपय भाषाहरु त लोप पनि हुन पुगेको छ । १२४ वटा भाषाको अस्तित्व रहेको नेपालमा अहिले पनि दुई चार वटा भाषामा मात्रै स्मारिका निकाल्ने र पुस्तक प्रकाशन गर्ने काम प्रज्ञाबाट हुन सकिरहेको छ । यो प्रजातन्त्र र लोकतान्त्रिक ब्यवस्थाले समेत उचित स्थान दिन नसकेको प्रमाण हो । खस् नेपाली भाषालाई मात्रै प्राथमिकता दिएर विभिन्न मातृभाषाहरुलाई बेवास्ता गरिरहेका कारण यो सीमित खस् नेपाली भाषा बोल्ने समुदायको प्रतिष्ठान हुन पुगेको भन्दा फरक पर्दैन ।
आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । पहिला राजाले स्थापना गरेको संस्था भएतापनि अहिले त्यसमा केही परिवर्तन भएको छ । त्यसमा दुई वर्ष अगाडि स्थापना भएको मातृभाषा विभागका कारण अहिले यो नेपाल प्रज्ञा प्रतिष्ठान एउटा मात्रै भाषाको प्रतिष्ठान रहेन । प्रत्येक महिनाको अन्तिम शुक्रबार मातृभाषा सम्मेलन गरी विभिन्न भाषाको उन्नति र विकासको लागि काम गरिरहेको र २०१४ सालदेखि २०८० साल सम्म एकल भाषाको विकासको लागि पहिले गरेको स्थानमा अहिले आएर नेपालभाषा, तामांग भाषा सहित बहुसंख्यक मातृभाषा प्रेमिहरु बोलाएर विभिन्न खालका साहित्य गोष्ठी र भाषा सम्मेलनहरु समाबेश गरी कार्यक्रम सञ्चालन गरिरहेकाले पनि हिजोको स्वरुपमा केही परिवर्तन भएको देखिन्छ । त्यसो भएर पनि अहिले पनि पर्याप्त मात्रामा मातृभाषाको उन्नति र विकासको लागि यो संस्थाले काम गर्न सकिरहेको छैन ।
मातृभाषी समुदायले आफ्‌नो भाषा बोल्ने र सो भाषालाई माया गरी लेख्ने बोल्ने ब्यवस्था गर्न सकेको खण्डमा मातृभाषालाई मारेर मार्न सकिन्न । नेपालभाषा यसको ज्वलन्त उदाहरण हो । राणा शासन कालमा सत्ताका मतियारहरुले नेपालभाषाबाट लेख्ने र उक्त भाषाबाट प्रवचन गर्ने वक्ताहरु पक्राऊ गरी जेल नेल हाल्ने र ज्यान सजायँ समेत दिएको थियो । तर उक्त भाषाका वक्ताहरु जिवित रहेका कारण यो भाषालाई जतिसुकै दमन गरेको भएपनि उक्त भाषालाई नामेत गर्न सकिएन । अझ त्यसको पुनः जागरण भएर जेल भित्रबाटै नयाँ नयाँ खालका साहित्यहरु सिर्जना हुन पुग्यो । चन्द्र शमशेरको पालामा राज्यको तर्फबाट एकल भाषी राष्ट्रिय नीति लिएपनि यो भाषा संकटमा पर्न गएको हो । होइन भने नेपालभाषा, नेपाल संवत, नेपाल संस्कृति, नेपाल लिपि, नेपाल धर्म काठमाडौं उपत्यका मात्रै होइन समग्र नेपालमण्डलकै मूल धरोहरको रुपमा कायम थियो । त्यसरी उत्कृष्ट भाषाको रुपमा कायम भएकै कारण गत वर्ष भएको राष्ट्रिय कविता महोत्सवमा प्रज्ञाको तर्फबाट पहिलो पल्ट समावेशी नीति लिएर सम्पूर्ण भाषालाई खुल्ला गरेपछि ४४।४५ भाषाबाट कविता समावेश भएकोमा नेपालभाषाको कविता उत्कृष्ट दश मध्यमा परेको थियो ।
पहिला पहिला ब्यवस्थाको रुचीको कारण जस्तो सुकै भाषा नीति लिएको भएतापनि अहिले देश संघीय गणतान्त्रिक मुलुक कायम हुन पुगेको छ । अब त सबै भाषा समान हो भन्ने मान्यता कायम हुनु पर्दछ । देशमा कायम रहेका सबै भाषाहरु समान हो भन्ने राज्यको नीति हुनु पर्दछ । खस् नेपाली भाषा जस्तै नेपालभाषा, तामांग भाषा, राई भाषा, मैथिली भाषालाई पनि मान्यता दिन सक्नु पर्दछ । राज्यको सर्वोच्च निकाय प्रज्ञा प्रतिष्ठान भएको कारण उक्त संस्थाले सबै भाषाको उन्नतिको लागि काम गर्नुपर्दछ । हिन्दू समुदायले मान्ने दशैंको लागि एक हप्ता बिदा दिने गरे झै गरी नेवाः समुदायले एक हप्तासम्म मनाउने बिस्केट जात्रा, इन्द्र जात्रा, गाईजात्रामा पनि एक हप्ता नै बिदा दिनु पर्दथ्यो । तामांगहरुले मनाउने ल्होसार, तराई क्षेत्रमा मनाउने छट पर्वमा पनि एक हप्ता नै बिदा दिनु पर्दथ्यो । होइन भने हिन्दू समुदायको लागि पनि एक हप्ता होइन कि एक दिन मात्रै बिदा सीमित गर्नु पर्दथ्यो । समानताको सिद्धान्त अनुरुप बिदाको दिन निर्धारण गर्नु पर्दथ्यो । कि त लामो बिदालाई कटौती गर्नु पर्दछ, होइन भने अरुको जात्रा पर्वमा पनि लामो दिन बिदा दिएर जात्रा मनाउन दिनु पर्दछ ।
मातृभाषा प्रति राज्यबाट थुप्रै पल्ट हिसा गरिसकेको छ । अब त्यसरी हिंसा भएको सहेर बस्ने समय होइन । पछिल्लो समयमा जेन्जिको बिद्रोह पनि यसै गरी आफ्‌नो अभिब्यक्ति स्वतन्त्रतालाई कुन्थित गर्न खोजेकाले भएको बिद्रोह हो ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *