Header ads

प्रविधि पत्रकार मञ्च (टीजेएफ) को अध्यक्षमा भक्तपुरका दुवाल 

राम चन्द्र प्रजापति

पौष ३० बुधबार । सूचना प्रविधिको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको संगठन प्रविधि पत्रकार मञ्च (टीजेएफ) को बुधबार सम्पन्न संस्थाको १२औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा भक्तपुरका पुर्ण भक्त दुवाल दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको छ । दुई दशक लामो समय देखि विभिन्न पत्र-पत्रिका रेडियो अन्लाईन पत्रकारीता गर्नु भएका पत्रकार पुर्ण भक्त दुवाल हाल राजधानी पत्रिकामा कार्यरत हुनुहुन्छ।यस्तै, संस्थाको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिव हिक्मत आचार्य, कोषाध्यक्ष सजना बराल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा कमल केसी, शिव बस्नेत, युवराज गौतम, मुना कुँवर, चयन भएका छन् । संस्थाको ११ सदस्यीय कार्यसमितिमा बाँकी दुई जना सदस्यहरु कार्यसमिति बैठकले नियुक्त गर्ने भएको छ ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *