Header ads

सुर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता उपमेयर भट्टराईबाट उद्घाटन ।

सुर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता उपमेयर भट्टराईबाट उद्घाटन ।

राम चन्द्र प्रजापति 

​भक्तपुर । बैशाख, २४ विहिवार। सुर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा ‘सुर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता’ आजदेखि सुरु भएको छ।
आजबाट तीन दिन सम हुने ​प्रतियोगिताको उद्घाटन सुर्यविनायक नगरपालिकाकी उप-प्रमुख सरिता भट्टराईले एक विशेष समारोहका बीच गर्नुभयो।

खेलको उद्घाटन गर्दै उप-प्रमुख भट्टराईले नगरको पहिचान र युवाहरूको स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाले खेलाडीहरूको क्षमता विकास र खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।” खेलमा जित र हार हुने स्वभाविक हो। खेल नियम तथा अनुशासनमा बसि खेल्नु पर्ने उहाँले भन्नु भयो।​उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाको सभापतित्वमा सम्पन्न भएको थियो।

सभापतिको आसनबाट बोल्दै सदस्य सचिवले जिल्लाभरका प्रतिभावान फुटसल खेलाडीहरूलाई एउटै मञ्चमा ल्याउन यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। जिल्ला भरबाट २४ वटा टीम सहभागी रहेका छन्न। प्रतियोगितामा प्रथम पुरस्कार नगद ६० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वना पुरस्कार १० हजार नगद पुरस्कार दिने सुर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनु भयो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *