Header ads

सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन

सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन

भक्तपुर, ३ असार : सूर्यविनायक नगरपालिकाले आफ्ना नौ वटा वडाको कलात्मक रुपमा कार्यालय भवन निर्माण सम्पन्न गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं. १ सिरुटारको कार्यालय अब आफ्नै भवन निर्माण हुने भएको छ ।
स्थानीयवासी स्व. नरबहादुर राउतको नाममा रहेको करिब एक करोड भन्दा बढी मूल्य बराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि कार्यालयको नाममा नामसारी गरेर दान दिएपछि सोही जग्गामा भवन निर्माण हुने भएको हो ।
सूर्यविनायक नगरपालिका वडा न. १ का वडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका चार छोराबाट दान प्राप्त भएको चार आना जग्गामा अण्डरग्राउण्ड सहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
नगरपालिकाले रु. तीन करोड ४० लाखको बजेटमा ठेक्का आव्हान गरेसंगै भवन निर्माण सुरु हुन लागेको उहाँले जानकारी दिनुभयो ।
वडाध्यक्ष कायस्थले भन्नुभयो, ‘वडा कार्यालय भवन निर्माणको लागि स्व. नगरबहादुर राउतको परिवारबाट चार आना जग्गा प्राप्त गरिसक्यौ, भवन निर्माणका लागि नगरपालिकाले व्यबस्था गरेको तीन करोड ४० लाखको बजेटमा अण्डरग्राउण्ड पार्किङ्गसहितको चारतले अत्याधुनिक भवन निर्माण गर्दैछौं, असारबाट जग राखेर निर्माण काम सुरु गर्ने गरि प्रक्रिया अगाडि बढेको छ ।’
उहाँले कलात्मकता झल्किने गरि भवन निर्माण हुने र भवनमा वडा कार्यालयको प्रशासनीक कार्यसंगै बिभिन्न शाखा, स्तनपान कक्ष, अपाङ्गमैत्री, सुविधा युक्त हलसहितको भवन निर्माण हुने उहाँले बताउनुभयो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनयक नगरपालिकाले वडा नं. २ देखि वडा नं. १० सम्म आफ््नै भवन निर्माण गरिसकेको बताउदै अब बाँकी रहेको वडा नं. १ को भवन पनि २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने बताउनुभयो ।
उहाँले वडा नं. १ को भवन कलात्मक हुने बताउदै नयाँ बनेका भवनहरु मध्ये वडा नं. ५, वडा नं. ६, वडा नं. ९ र वडा नं. १० को भवनहरु कलात्मक शैलमा निर्माण गरेको र वडाका पुराना भवनहरुलाई पनि नयाँ स्वरुपमा कलात्मकता दिएको बताउनुभयो ।
वडा नं. १ सिरुटारको भवन निर्माणसंगै नगरपालिकाको आफ्नो प्रशासनिक भवन र नगरका १० वटै वडाको आफ्नै भवनमा रहेर सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।–––

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *