Header ads

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब ५० लाख स्वदेशी तथा ५० हजार भारतीय भक्तजन आउँने अनुमान गरेर केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले आज पत्रकार सम्मेलनमा जानकारी दिएका छन । मेलाबाट एक करोड भन्दा बढी भेटी संकलन हुने बताइएको छ भने बढीमा १८ लाख खर्च हुने अनुमान गरिएको छ । समितिका अनुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार, आइतवार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । अन्य दिनमा समेत भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको अध्यक्ष बस्नतेले बताए । अध्यक्ष धर्मराज बस्नेतका अनुसार, मेलालाई भव्य र सभ्य बनाउन १४ वटा उप समिति गठन गरिएको छ । आकस्मिक स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । भजन कृतन, विभिन्न गुरूहरूबाट प्रवचन कार्यक्रम समेत राखिएको छ।
असार महिनामा दैनिक पाँच सय भन्दा बढी भारतीय भक्तजन आएकाका कारण साउनमा अझ बढी अर्थात ५० हजारबढी भारतीय भक्तजन आउँने अनुमान गरिएको छ । यसबर्षको आम्दानीबाट डोलेश्वर मन्दिर नजिकै बृद्धाश्रम बनाउने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले बताए ।
सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष, पुष्पराज बस्नेत हरेक वर्ष मनाइदै आएको श्रावणी मेला यस बर्ष आशापुरी महादेवमा पनि मनाइने जानकारी दिए । सरसफाई, बाटाघाटाको व्यवस्था, ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था सबै  मिलाइएको जानकारी दिदै वडाअध्यक्ष बस्नेतले पार्किङ व्यवस्थापन चुनातीपूर्ण भएपनि सडकको एक साइडमा मिलाइएको बताए ।
उनले ११०० को पञ्चामृत लिनेलाई छुट्टै लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइने बताए । ०६६ पछि डोलेश्वर मन्दिर परिसरमा १९ करोड बढीको भौतिक पुर्वाधारका काम भएको जानकारी दिदै वडाअध्यक्ष बस्नेतले २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते नगर प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने बताए । मेलालाई व्यवस्थित र शुरक्षित बनाउँन ५५ वटा सिसीटिभीसमेत जडान गरिएको बताउँदै वडाअध्यक्ष बस्नेतले केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताए ।  पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय धार्मिक पर्यटक आउँनु त्यसको ज्वलन्त उदाहरण भएको वडाअध्यक्ष बस्नेतको भनाई थियो ।
मेला शुरु हुने दिन साउन १ गते बिहान ७ बजे चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरुहुने र बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाबाट श्रावणी मेला कार्यक्रमको शुभारम्भ गरिने बताइएको छ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *