राम चन्द्र प्रजापति
भक्तपुर । २०८३ श्रावण १२। काठमाडौ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरद्वरा संचालित कमेरोटार जग्गा एकीकरण आयोजना मध्यपुर थिमि भक्तपुरको आयोजना सम्बन्धी संक्षिप्त जानकारी गर्न सोमबार एक पत्रकार भेटघाट आयोजनाको कार्यलयमा सम्पन्न भएको छ।
मध्यपुर थिमि नगर पालिकाको बोर्डबाट मिति २०५८ जेठ ३० गते जग्गा एकीकरण आयोजना संचालन गर्ने निर्णय भएको र तत्कालीन काठमाडौ उपत्यका नगर विकास मूल समितिको १०४ औं बैठकले २०५९ असार २४ गते आयोजना संचालन गर्न अनुमोदन गरिएको २०६१ माघ ५ गते तत्कालीन श्री ५ को सरकारबाट स्वीकृत अनुसार आ.व. २०६२/०६३ मा पूर्व राजकुलो पश्चिम अरनिको राजमार्ग बप्पा देखि हुँदै पुरानो बहाखा बजार उत्तर काठमाडौ – भक्तपुर पुरानो सडक र दक्षिण अरनिको राजमार्ग चार किल्लामा भएको कमेरोटार जग्गा एकीकरण आयोजना हो। प्रकाशित राजपत्र अनुसार आयोजना फिल्डमा कार्य गर्न सुरु गरेको हो।
आयोजनाको भू – उपयोग खेती गरिएको जमिन ,कुलो गोरेटोबाट पर्ती र गुठी जग्गा समेत गरि कुल १४८६ रोपनी ७ आना १ पैसा १ दाम क्षेत्रफलमा भएको आयोजना हाल सम्म करिव ९०% प्रतिशत सम्पन्न भएको छ। आयोजना अन्तर्गत ४८ वटा मुद्दा मध्य ४५ वटा फैसला भएको २ वटा विचाराधीन र १ वटा मुल्तवीमा रहेको पत्रकार सम्मेलनमा भक्तपुरका संघिय सांसद माननीय मदन कृष्ण श्रेष्ठले जानकारी गर्नु भयो। आयोजनाको विस्तृत जानकारी निमित आयोजना प्रमुख डिगम्वर श्रेष्ठले प्रस्तुत गर्नु भएको कार्यक्रममा सहभागी तथा पत्रकारहरुको प्रश्न जिज्ञासाको जवाफ माननीय मनद कृष्ण श्रेष्ठले स्पष्ट पार्नु भयो।
