Header ads

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न नेतृत्वले क्षमता अनुसार जिम्मेवारी बाँड्नुपर्छ: प्रमुख अतिथि प्रजापति

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न नेतृत्वले क्षमता अनुसार जिम्मेवारी बाँड्नुपर्छ: प्रमुख अतिथि प्रजापति

भक्तपुर , २०८३ असोज २९ बिहिवार । परिवर्तनशील आवाज साप्ताहिक र साथी ग्रुपको संयुक्त आयोजनामा शुभ विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वलगायतका विभिन्न चाडपर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। होटल सिटिगाउँमा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
​साथी ग्रुपकी अध्यक्ष अञ्जना सिजख्वको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा परिवर्तनशील आवाज साप्ताहिकका प्रकाशक रामचन्द्र प्रजापति प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रमको सञ्चालन साथी ग्रुपका सदस्य अधिवक्ता प्रचण्ड प्रकाश प्रधानले गर्नुभएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रजापतिले जुनसुकै संस्था सञ्चालन गर्न र नेतृत्व गर्न पूर्वतयारीको ठूलो भूमिका रहने बताउनुभयो। उहाँले भन्नुभयो, “कुनै पनि कार्यक्रम प्रभावकारी रूपमा र समयमै सम्पन्न गर्नका लागि कार्यक्रम हुनुअघि नै पर्याप्त पूर्वतयारी गर्नुपर्छ।”
​नेतृत्व र संस्थागत अनुशासनका विषयमा बोल्दै उहाँले अनुशासन, जिम्मेवारी तथा दायित्वलाई बोध गर्दै सबैलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले एउटा महाराज र उनका चार महारानीहरूको सानो कथा प्रस्तुत गर्दै संस्थाभित्र मानिसको भित्री गुण र क्षमता अनुसार कार्यबोध गराउनुपर्ने कुरामा जोड दिनुभयो।
​”जसले जे गर्न सक्छ, नेतृत्वले उसै अनुसार जिम्मेवारी दिनुपर्छ। प्रमुख अतिथि प्रजापतिले भन्नुभयो, दूधको साथी बिरालो होइन , दूध दूध नै हो र बिरालो बिरालो नै हो। व्यक्ति अनुसारको भित्री क्षमता पहिचान गरी कार्यविभाजन गर्दा मात्र संस्था अघि बढ्न सहयोग पुग्छ।


​कार्यक्रममा पूर्व जनप्रतिनिधि कृष्णप्रसाद भेले, योग प्रशिक्षक लक्ष्मी शिलाकार, तथा नेवा: मिसा दबू भक्तपुर नगर समितिकी अध्यक्ष सुनिता कर्माचार्यले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले चाडपर्वहरूले समाजमा आपसी सद्भाव, भ्रातृत्व र एकता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
सहभागी सबैले शुभकामना आदानप्रदान गर्नु भएको थियो।​

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *