Header ads

चाहिएन आज म

चाहिएन आज म

कविता

​चाहिएन आज म

​हिजो जब कपाल मेरो छोटो र कालो थियो,
आर्थिक अभाव तर साँचो माया पालो थियो।
त्यही कपाल मिलाउन मेरो काँध खोज्ने गर्थ्यौ,
हरेक ससाना खुसीमा मेरै नाम रोज्ने गर्थ्यौ।
तर अचम्म, सफलताको शिखर चुमेपछि,
सुख र ऐसको दुनियाँमा घुमेपछि
चाहिएन आज म

​किन यति धेरै निष्ठुरी र निष्ठुर भयौ तिमी?
आफू बदलियौ कि मेरो परिस्थिति देख्यौ तिमी?
हिजोभन्दा अग्ला, मोटा र चुच्चे बनेपछि,
सपना र हैसियतका पानाहरू फेरिएपछि
चाहिएन आज म।

​तिम्रो प्रगति र खुसीको लागि के पो गरिनँ मैले?
जीवनका अमूल्य वर्षहरू तिम्रै नाममा सुम्पिएँ मैले
आज जग्गा-जमिन भयो, महल जस्तै घर भयो,
बैंकको ब्यालेन्स अनि ऐस-आरामको भर भयो।
जब अभावका दिनहरू सकिएर थुप्रो भो
चाहिएन आज म।

​जीवनसाथी पनि बनियो, काखमा छोरी पनि आइन्,
सुन्दर घरजम बस्यो, खुसीका रेखा छरिए।
तर संघर्ष सकिएर सुख प्राप्त भएपछि,
घुम्न, रमाउन र ‘टाइम पास’ गर्न अर्कै पाएपछि
चाहिएन आज म।
धन्यवाद

राम चन्द्र प्रजापति 

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *