राम चन्द्र प्रजापति
६ श्रावण २०८२ मंगलबार , भक्तपुर । पत्रकारिता समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने ,विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले वरिष्ठ पत्रकार प्रवीणराज जाेशीसहित १८ जनालाई विशेष सम्मान गर्ने भएको छ ।
बिगत ३० बर्षदेखि स्टार एक्सप्रेस पत्रिका मार्फत पत्रकारिता क्षेत्रमा ससक्तरुमा कृयासिल बरिष्ठ पत्रकार प्रविणराज जोशी परिवर्तनशील आवाज साप्ताहिकका सल्लाहकार हुनुहुन्छ। उहाँको साहित्यिक पत्रिका शृङ्खला निरन्तररूपमा प्रकाशित हुँदै आएको छ। पत्रकार जोशी ७२ वर्षको जेष्ठ उमेरमा समेत देश र जनताको लागि युवा जस्तो जोस जागरमा पत्रकारिता गरिरहनु भएको छ।
तेसै गरि साहित्य मार्फत पनि जनजनमा उहाँले सुसूचित गरेकाले उहाँलाई सम्मान दिन लागेको आयोजकले बताएका छन्न।
यस केन्द्रले विगत वर्षहरूदेखि निरन्तरता दिँदै आएको सम्मान तथा अक्षलोक साहित्यिक पत्रिका लोकार्पण समारोह यस वर्ष पनि भव्य रूपमा आयोजना गरिनेछ ।
सम्मानित हुने व्यक्तित्वहरु निम्न लिखित हुनुहुन्छ ।
सिद्धिश्वरमान मिलन–मुक्ति आजीवन साहित्य साधना पुरस्कार (रु ११,१११) — श्री लालबहादुर भुजेल,
सिद्धिश्वरमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार (रु २०,०००) — प्रा. डा. भानु चन्द्र बज्राचार्य,
सिद्धिश्वरमान–चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार (रु २०,०००) — रोजर द ग्रुन, बेल्जियम
सिद्धिश्वरमान–विष्णु कुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार (रु ११,१११) — श्री निष्ठा कायस्थ, दिदीबहिनी क्रियसन्स
सिद्धिश्वरमान उत्कृष्ट बाल साहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान — स्व. विनय कसजु,
सिद्धिश्वरमान उत्कृष्ट शिक्षा रत्न सम्मान — प्रा. डा. हृदयरत्न बज्राचार्य,
सिद्धिश्वरमान उत्कृष्ट सूचना तथा साहित्य साधक सम्मान — श्री प्रविणराज जोशी,
सिद्धिश्वरमान उत्कृष्ट संगीत साधक सम्मान — श्री राजु सिंह,
सिद्धिश्वरमान सर्वश्रेष्ठ अक्षलोक रत्न सम्मान — प्रा. उपेन्द्र बहादुर कार्की,
सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधक सम्मान — डा. भगवान कोइराला,
सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान — श्री राम विनय,
सिद्धिश्वरमान उत्कृष्ट साहित्य रत्न सम्मान — श्री हिरण्यकुमारी पाठक,
सिद्धिश्वरमान उत्कृष्ट साहित्य साधक सम्मान — श्री लक्ष्मी माली तथा श्री स्नेह सायमी,
सिद्धिश्वरमान नेपाल भाषाको संझ्या — नेपा भायया संझ्या — श्री रेवती राजभण्डारी,
सिद्धिश्वरमान नेपाल भाषाको संझ्या — नेपा भायया संझ्या — श्री नरेन्द्र बहादुर श्रेष्ठ,
सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान — साहित्यिक पत्रकार संघ, काठमाडौं,
सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान — भिम विराग संगीत, साहित्य कला प्रतिष्ठान, हेटौंडालाई सम्मान गरिने सो कार्यक्रम ईन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पस सभाहलमा श्रावण ११ गते सम्पन्न हुने तय भएको संरक्षक डा. सावित्री श्रेष्ठले जानकारी गर्नु भएको छ ।
