Header ads

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा आधुनिक CT Scan सेवा शुभारम्भ

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा आधुनिक CT Scan सेवा शुभारम्भ

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा आधुनिक CT Scan सेवा शुभारम्भ

राम चन्द्र प्रजापति
४ श्रावण २०८२, भक्तपुर  । नागरिक कम्युनिटी टिचिक हस्पिटल लि. ले आफ्नो आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक स्क्यान (Computed Tomography Scan) सेवा आज एक विशेष समारोहका बीच शुभारम्भ गरिएको छ।

समारोहमा अतिथिको रुपमा वरिष्ठ डा. भगवान कोईराला डा. भोला रिजाल डा अर्जुन कार्की लगायतका चिकित्सकहरुको गरिमामय उपस्थितिमा CT स्क्यान मेसिनको उदघाटन गरिएको हो। साथै कार्यक्रममा हस्पिटल अध्यक्ष राम शरण भण्डारीज्यू, अन्य वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

CT Scan सेवा प्रारम्भ भए संगै भक्तपुर जिल्ला वासि हदयघाट जस्तो प्राण घातक समस्याका लागि जिल्ला बाहिर जानु पर्ने समस्याको पनि हल हुनेछ।

मुटुको सिटी एन्जियोग्राम लगायत अन्य रोगको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास लिएको छ। यस सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्ड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरुको उच्चस्तरीय परीक्षण सहज रूपमा उपलब्ध सेवा प्रदान गर्न यस एन्जियो सिटीले नागरिक हस्पिटलमा करिव छ करोड पचास लाख लगानी परेको नेपालकै दोस्रो भक्तपुरमा पहिलो अत्याधुनिक  ct स्कायन नागरिक अस्पतालमा हुनेछ र पहिलो विराट नगरमा रहेको पत्रकार सम्मेलनमा जानकारी गर्नु भयो।

तस्बिर सुरेश ख्वक श्रेष्ठ

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *