Header ads

गोरेबहादुर खपाङ्गी ९औं स्मृतिको तयारी


रुपन्देही। राष्ट्रिय चिन्तनका नायक तथा पुर्व मन्त्री गोरे बहादुर खपाङ्गीमगरको ९औं स्मृति दिवस मनाउन गोरे बहादुर खपाङ्गी फाउण्डेशनले रुपन्देहीमा एक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

भेटघाट कार्यक्रममा बोल्दै उक्त फाउन्डेसनका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले ९औं खपाङ्गी स्मृति दिवस संस्थाको तर्फ भदौ-११ गते महोत्तरीमा मनाउने बताएका छन। महोत्तरी जिल्ला, गौशाला नगरपालिका वडा नं. १ मा पर्ने पूर्व पश्चिम महेन्द्रराजमार्गको माइस्थानदेखि गौशाला हुँदै नेपाल भारत सिमाना सम्सी सम्मको २६.५ किलोमिटर सडक खण्डको नाम नगरपालिकाले गोरेबहादुर खपाङ्गी मार्ग राख्ने निर्णय गरेको थापाले बताए।

साथै खपाङ्गी मगरले उत्पीडित जातिसमुदाय का निम्ति गर्नु भएको योगदानलाई हरेक जिल्ला पालिका स्थरमा मनाउन सामाजिक तथा राजनीतिक क्षेत्रमा रहेका कृयाशिल ब्यक्तित्वहरुलाई आग्रह गर्नु भयो। गत बर्ष छोटो समयमा रुपन्देही जिल्लाको बुटवलमा ८ स्मृति दिवस मनाएको स्मरण गर्दै यसपटक बृहत् र औपचारिक रुपमा कार्यक्रम गर्न फाउण्डेसनले वरिष्ठ पत्रकार लोकनेश ढेङ्गामगरको सयोजकत्वमा सात सदस्यीय समिती गठन भएको थापाले बताए।

नेपाल मगर युवा संघका महासचिव रोशन अस्लामी मगरको सहजीकरणमा भएकि भेटघाट कार्यक्रममा नेपाल मगर भुतपुर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय महासचिव क्या भिम बहादुर राना, सामाजिक ब्यक्तित्व अशोक पुन, बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहा, नेपाल मगर बौद्ध संघका यम बहादुर बाकाबल, युवा नेता डिबि थापा, सामाजिक अभियन्ता राधिका श्रीस, राजनीतिक कर्मी चित्र प्रसाद गुरुङ्ग, नेपाल मगर महिला संघ तिलोत्तमा अध्यक्ष मनु थापा लगायतका बक्ताहरुले आ आफ्ना धारणा व्यक्त गरेका थिए।

छोटो समयमा राखिएको भेटघाट तथा छलफल कार्यक्रममा वरिष्ठ समाजसेवी तारा बराल, युवा व्यावसायिक ओम प्रकाश बि क, नेपाल मगर युवा संघका जिल्ला सदस्य रमा थापा, सामाजिक अग्रहज ब्यक्तित्व माथवर सिंह सलामीमगरको उपस्थिति रहेको थियो। भेलाले निकट भविष्यमा रुपन्देही जिल्लामा गोरेबहादुर खपाङ्गी फाउण्डेशन शाखा स्थापना गरि खपाङ्गी मगरको संम्झनामा विभिन्न खालका साहित्य, खेलकुद, लेखन लगायत विविध कार्यक्रम गर्ने फाउन्डेसनका हुम थापामगरले जानकारी गराए।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *