Header ads

भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. को तेस्रो साधारण सभा सम्पन्न

भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. को तेस्रो साधारण सभा सम्पन्न

भक्तपुर, असोज ११ ।

वि. सं. २०७९ सालमा भक्तपुरका स्थानीय युवाहरूको पहलमा स्थापित भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. को तेस्रो वार्षिक साधारण सभा शनिबार संस्थाका संस्थापक अध्यक्ष श्री साजन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक सुरुवात संस्थापक सदस्य श्री उष्णा श्रेष्ठको स्वागत मन्तव्यबाट भएको थियो। उहाँले कम्पनी स्थापना भएदेखि नै ऊर्जाशील रूपमा संस्थागत विकासका लागि योगदान दिँदै आएको अनुभव साझेदारी गर्नुभयो। त्यसपछि सञ्चालक श्री सरोज याकामीले संस्थाको परिचय प्रस्तुत गर्नुभयो ।

सभामा सञ्चालक श्री राकेश श्रेष्ठले आ. व. २०८१/८२ को प्रगति प्रतिवेदन, लेखा सुपरिवेशन प्रतिवेदन तथा आय-व्यय प्रस्तुत गर्नुभयो। उहाँले NFRS प्रणालीअनुसार लेखा परीक्षण प्रतिवेदनलाई पारदर्शी र सहज तरिकाले स्पष्ट पार्नुभएको थियो।

सदस्य श्री सुरेन्द्र जाकीबन्जारले २०८२/८३ को सम्भावित व्यावसायिक योजना र रणनीति प्रस्तुत गर्दै लगानी क्षेत्रको विश्लेषण, विश्व बजारको प्रवृत्ति, Gen-Z आन्दोलनपछिका प्रभाव र त्यसले ल्याउने अवसरहरूको अध्ययन, थिङ्क ट्याङ्क र नियमित बैठकहरूको महत्त्वबारे विस्तृत अभिव्यक्ति दिनुभयो।

त्यसैगरी अध्यक्ष श्री साजन श्रेष्ठले भावी कार्यक्रम, अनुमानित बजेट तथा शुभकामना मन्तव्य राख्दै कम्पनीलाई अझ सशक्त बनाउन निरन्तर योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै उहाँले प्रगतिशील र प्रभावकारी व्यवस्थापन तथा प्रशासनका लागि उपसमिति गठन गरिने जानकारी पनि दिनुभयो।

यसअघि २०८२ साल असोज १७ गते सम्पन्न दोस्रो साधारण सभामा भक्तपुरका सफल उद्यमी तथा सामाजिक अभियन्ता श्री सुरेन्द्र जाकीबन्जार प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। संस्थापक अध्यक्ष श्री साजन श्रेष्ठले त्यस सभामा कम्पनी स्थापना पछाडिको उद्देश्य स्पष्ट गर्दै सानो-सानो लगानी संकलन गर्ने क्राउड फन्डिङ अवधारणाबाट पनि ठूला काम गर्न सकिन्छ भन्ने विश्वासका सम्पनी अगाडि बढाइएको बताएका थिए। हाल कम्पनीको मुख्य लगानी नेपाल सेयर बजारमा रहेको र आगामी दिनमा रियल स्टेट तथा अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिइएको थियो ।

हाल सहकारी तथा विभिन्न वित्तीय संस्थाहरू आर्थिक संकटमा फसिरहेको सन्दर्भमा धेरै आमा समूह, युवा समूह, गुठी जस्ता स्थानीय समूहहरूले गरेको बचत फिर्ता पाउन नसकेर समस्या भोगिरहेको उल्लेख गर्दै, भविष्यमा कम्पनीले यस्ता समूहहरूसँग साझेदारी गर्दै लगानीकर्ताहरूका लागि खुला प्लेटफर्म प्रस्तुत गर्ने कार्यनीतिसहित अगाडि बढ्ने सञ्चालक समितिको भनाइ रहेको छ ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *