Header ads

नेकपा एमालेलाई धम्क्याएर डराउन – पूर्वमन्त्री महेश वस्नेत

नेकपा एमालेलाई धम्क्याएर डराउन – पूर्वमन्त्री महेश वस्नेत

भक्तपुर असोज २३। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनलाई विदेशी शक्तिहरूले चलाएको जालमा परेका युवाहरूको अस्थिर राजनीतिक खेलका रूपमा वर्णन गर्नुभएको छ। भक्तपुरमा बिहीबार नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘जेनजी आन्दोलन खरायोका लागि थापिएको जाल थियो, तर चितुवा पर्‍यो, बिचरा जेनजीका उरन्ठेउलाहरूले विदेशीको जालमा परेको कुरा थाहा नै पाएनन् ,अहिले त्यही चितुवाले खान्छ कि भन्ने डर छ।’

उहाँले केही व्यक्तिहरूले सामाजिक सञ्जाल डिस्कर्डमार्फत जलाएका बताउनुभयो । ‘केही उरन्ठेउलाहरूले डिस्कर्ड नेटवर्कमार्फत देश जलाए, त्यो डिस्कर्ड बालेन साह, सुधन गुरुङलगायतले चलाएका छन्, ती नै अहिले केपी ओली, रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्ने भन्दै उत्रिएका छन्।’

उहाँले नेकपा एमालेलाई धम्क्याएर डराउन नसकिने बताउनुभयो। उहाँले भन्नुभयो – ‘हिजो पञ्चायतसँग, माओवादीसँग, वाइसिएलसँग लडेका हामीलाई धम्क्याएर केही हुँदैन, एमालेलाई धम्क्याएर हल्लाउन सकिँदैन।’

भ्रष्टाचार छानबिनको कुरा उठाउँदै उहाँले जेनजी आन्दोलनले भ्रष्टाचार विरोधी अभियान चलाउने हो भने हालका मन्त्री कुलमान घिसिङ र रामेश्वर खनालबाट नै छानबिन सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो – ‘जेनजीले भ्रष्टाचार छानबिन गर्ने भनेका छन् भने अहिलेका भ्रष्ट मन्त्रीहरूबाट नै सुरु होस्।’

भदौ २३ र २४ गतेका घटनाको सन्दर्भमा उहाँले तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि आरोप लगाउनेहरूलाई तथ्य प्रमाणसहित आउन चुनौती दिनुभयो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *