डा.राजेन्द्र कोजु
कविता
ए ! बाँचेका मान्छेहरु !
तिमीहरु आफ्नो लागि मात्र बाँचिरहेका छैनौ
यो दुनियाँको लागि पनि बाँच्नुपर्ने हुन्छ।
ए ! कपडा लगाएका नाङ्गा मान्छेहरू
तिमीहरू आफ्नो लागि मात्र लगाइरहेका छैनौं।
यो दुनियाँको लाज छोप्नका लागि पनि
तिम्रो आङ ढाक्ने कपडा लगाउनुपर्ने छ ।
लाज त तिमीहरूलाई लाग्नुपर्ने हाे
तर दुनियाँलाई लाज लागिसकेको छ।
तिमीहरूको व्यहोरा देखेर , नौटंकी देखेर
अन्धाले पनि आँखा छोपिसकेका छन्
तिम्रो अभद्रता देखेर
बहिराले पनि कान थुनिसकेका छन्।
तिम्रो अभद्र बोली सुनेर ।
