
राम चन्द्र प्रजापति
भक्तपुर । पौष १६। नेवा: देय् दबू भक्तपुर जिल्ला समिति नेवा: मिसा दबू भक्तपुर जिल्ला समितिको संयुक्त आयोजनामा नेवा: एकता दिवस एवं तमु ल्होसार तथा नयाँ बर्ष २०२६ को अवसरमा भक्तपुर तमारी स्थित ग्वखंचा रेस्टुरेन्टमा अध्यक्ष नरेश सुवालको सभापतित्वमा शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भयो।कार्यक्रममा सिकागो अमेरिकामा बसि नेवा: संस्कृति भाषा कला उत्थान गर्न योगदान गरिरहनु भएका मनोरञ्जन धौभडेलले आफू अमेरिकामा बस्दा त्यस्तै नेपालमा रहदा नेवाहरुको विषमा सकेको योगदान गर्न पाउँदा ज्यादै खुशी भएको र आगामी दिनमा नेवा : देय् दबूलाई आफ्नो सहयोग निरन्तर रहने विश्वास दिनु भयो। त्यस्तै सिकागो अमेरिकामा बसि नेवाहरुको उत्थान गर्न भुमिका खेल्नु हुने सरिता धौभडेल,वर्ल्ड नेवा: अर्गनाइजेसन युरोपका को-अर्डिनेटर कुमार नापितले नेवा: एकताबारे बर्तमान अबस्था समस्या चुनौतीबारे आ आफ्नो धारणा राख्नु भयो। नेवा: देय् दबू उपत्यका विशेष प्रदेश सदस्य कृष्ण प्रजापतिले नेवा: राजनीति, संस्कृति ,भाषा ,भेषभुषा, कला ,साहित्य संस्कार समय अनुसार विकास भएको छ इतिहासिक काममा नेवाहरुको महत्त्वपूर्ण भुमिका रहेको त्यो भुमिका नेवा: देय् दबूले गरिएका गतिविधिबारे बताउनु भयो। नेवा: देय् दबू ख्वप नगरका अध्यक्ष कृष्ण प्रसाद प्रजापति,नेवा: देय् दबू भक्तपुर नगर समितिका उपाध्यक्ष राम चन्द्र प्रजापति
नेवा: राष्ट्रिय पत्रकार दबू भक्तपुरका अध्यक्ष राम गोपाल तमखु बिश्वकर्मा भैल प्याखँका बिष्णु प्रसाद प्रजापति,नेवा: मिसा दबू भक्तपुर जिल्ला समिति अध्यक्ष सरिता दुवाल नेवा: मिसा दबू नगरका अध्यक्ष सुनिता कर्मचार्य,नेवा: देय् दबू भक्तपुर जिल्ला आर्थिक संयोजक तुलसी राम कोजु नेवा: देय दबू ख्वप मंका कोषका संयोजक योगी स्यस्य लगायतले नेवा: एकता तमु ल्होसार नयाँ बर्षकोबारे आ आफ्नो विचार राख्नु भयो। कार्यक्रम नेवा: मिसा दबू ख्वप नगर समितिका सचिब रेनु कर्मचार्यले संचालान गर्नु भएको कार्यक्रममा सहभागी सबैको परिचयात्मक कार्यक्रम संगसंगै एक आपसमा शुभकामना आदानप्रदान गर्नु भएको थियो।
