Header ads

राष्ट्रिय सौर्न्दर्य कर्मी ट्रेड युनियन (नाबुन) को अध्यक्षमा ईन्दिरा रायमाझी

राष्ट्रिय सौर्न्दर्य कर्मी ट्रेड युनियन (नाबुन) को अध्यक्षमा ईन्दिरा रायमाझी

२१ पुस २०८२

काठमाडौ ! राष्ट्रिय सौर्न्दर्य कर्मी ट्रेड युनियन तारकेश्वर (नाबुन) को  ईन्दिरा रायमाझीको अध्यक्षतामा बिहीबार ११ सदस्यीय नयाँ नेतृत्वलाई गठन गरेको छ । तारकेश्वर नगरपालिकाको जरङ्खुमा भएको नेपाल ट्रेड युनियन महासङ्घ(जिफन्ट) आवद्ध रहेको तारकेश्वर नाबुनको तेस्रो अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिबेशन कार्यक्रममा नाबुनको केन्द्रीय अध्यक्ष ;सुजना जोशीले `संगठले सबै सौन्दर्य कर्मीलाई एकजुट साथ आफ्नो मौलिक हक अधिकार र पेशागत सुरक्षाका लागि संगठन बलियो बनाई राख्नुपर्ने बताउनुभयो ।संगठन मार्फत सधैं सदस्यहरु आ -आफ्नो ठाउँबाट अग्रसर हुनुपर्ने जोशीको भनाइ छ ।
अध्यक्ष सुजना जोशीले सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण कार्यान्वयन गरेर अघि बढ्नपर्नेमा जोड दिनुभयो ।
अधिबेशन कार्यक्रममा नाबुन केन्द्रीय उपाध्यक्ष ;मीना गुरुङ डङ्गोल,केन्द्रीय सदस्य ;ईश्वरी क्षेत्री ,बागमती प्रदेश आर्थिक सचिव ;सोलिना लामा ,जिफन्ट नगरपालिका अध्यक्ष ;कृष्णलाल डङ्गोल लगायतको सहभागीता थियो ।
नवनिर्वाचित कार्यसमितिका सबै नाबुन सदस्यहरुलाई प्रमुख अतिथि जोशीले प्रमाणपत्र ,पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *