Header ads

फागुन २१ को निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ : महेश बस्नेत

फागुन २१ को निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ : महेश बस्नेत

भक्तपुर ,१६ माघ । नेकपा एमालेमा फर्किने पूर्व नेकपा एकीकृत समाजवादीका नेताहरुलाई विहिवार भक्तपुरमा आयोजित कार्यक्रममा खादा ओढाएर पार्टी स्वागत गरिएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा पूर्व नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य कृष्णसुन्दर घोको नेतृत्वमा आएको टोलीलाई एमालेका केन्द्रीय सचिव महेश बस्नेतले खादा ओढाएर पार्टीमा स्वागत गर्नु भएको हो ।त्यसैगरि जिल्ला सचिवालय सदस्य एवं स्कुल विभाग प्रमुख नविनप्रकाश श्रेष्ठ, जिल्ला कमिटी सदस्य झपड भण्डारी, जिल्ला कमिटी सदस्य कृष्णभक्त पाँ श्रेष्ठ, मध्यपुरथिमि नगर कमिटी सचिव द्रव्यलाल जयना, मध्यपुरथिमि वडा नं. ५ अध्यक्ष दिलसुन्दर नानी श्रेष्ठ, सुरेशबहादुर श्रेष्ठ, रविन्द्र सुवाललगायतका नेता कार्यकर्ताहरु एमालेमा फर्किएका हुन् । एमाले फर्किएकाहरुलाई एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापालगायतले खादा लगाएर स्वागत गर्नु भएको हो । कार्यक्रममा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित हुनेहरुलाई एमालेका जिल्लाका चार नगर कमिटीहरुले संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा केन्दीय सचिव महेश बस्नेत, केन्द्रीय सदस्यहरु सकुन्तला श्रेष्ठ, लेखा आयोगका गोविन्द दुलाल, विणा वास्तोलालगायतलाई जिल्ला अध्यक्ष बचन देउजा, चार नगरपालिकका नगर अध्यक्षहरुले सयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा एमाले सचिव बस्नेतले आगामी फागुन २१ को निर्वाचनमा एमालेले बहुमत ल्याएर देशमा सरकार गठन गर्ने बताउदै पार्टी अध्यक्ष ओलीलाई झापाबाट अत्याधिक मतले विजयी गराउन आफू झापा जाने बताउनुभयो । उहाँले एमाले माथि चारैतिरबाट प्रहार भइरहेको बताउदै रास्वपाले झूटो प्रचार गर्दा त्यसको जवाफ दिन कार्यकर्तालाई निर्देशन दिनुभयो । एमाले सचिव बस्नेतले भन्नुभयो, “सामाजिक सञ्जालबाट एमालेमाथि गलत प्रचार गरेर प्रहार भइरहेको छ, त्यसको जवाफ दिनुहोस्, हेरेर बस्न एमाले कार्यकर्तालाई सुहाउदैन ।” रास्वपाबाट उम्मेदवार भएका पर्यटक उम्मेदवारलाई एमालेले भक्तपुरमा ल्याएको विकासको लहरलाई देखाएर पठाउन आग्रह गर्दै उहाँले चुनाव पछि फर्केर भक्तपुर नआउने उम्मेदवारलाई मतदाताले विकास देखाएरै फर्काउने बताउनुभयो ।  कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजाले एमाले भक्तपुर जिल्लामा मात्रै नभई देशभर पहिलो पार्टी हुने दाबी गर्दै एमालेलाई अध्याधिक मतले विजयी गराउने गरि काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा जिल्लाका चारवटै पालिकाका सहभागि एमाले नेता तथा कार्यकर्ताहरुको भव्य सहभागिता रहेको जानकारी दिदै पार्टीका भक्तपुर जिल्ला कमिटी सचिव विष्णु तामाङ्गले आगामी शनिवार निर्वाचन परिच

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *