Header ads

एचपीभी खोप माघ २६ गतेदेखि फागुन १ गते सम्म संचलन

एचपीभी खोप माघ २६ गतेदेखि फागुन १ गते सम्म संचलन

भक्तपुर २५ आइतबार । एचपीभी खोप माघ २६ गतेदेखि फागुन १ गते सम्म संचलन हुनेछ। भक्तपुरमा एचपीभी खोप सञ्चालन जिल्लाका चार वटै नगरपालिकाहरुमा लक्षित समूहका किशोरीहरुलाई स्कुलस्कुलमा पुगेर खोप दिइने भएको हो ।
स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार जिल्लाका पत्रकारहरुसँंग अन्तरक्रिया गरी जिल्लाका चारवटा नगरपालिकामा कक्षा ६ का विद्यार्थी तथा विभिन्न उमेर समूहका लक्षित किशोरीहरूको तथ्यांक सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्यांक अनुसार जिल्लाभर कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या ३ हजार ८४९ पुगेको छ ।
ती सवै किशोरीहरुलाई स्कुलस्कुलमा स्वास्थ्यकर्मी पुगेर खोप दिइने र छुटेका तथा स्कुल भन्दा अन्य क्षेत्रमा रहेका किशोरीहरुलाई फागुन ४ र ५ गते खोप लगाउने कार्यालयका प्रमुख अन्जना खड्काले बताइन् । पत्रकारहरुसंग अन्तरकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले किशोरीहरुलाई एचपीभी खोप समयमै लगाउन पत्रकारहरुले प्रचारप्रसार गरी महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो। राससका रमेश गिरी, कृष्ण किसि,हेमराज ढकाल लगाएतले राखेका प्रश्नको जवाफ कार्यालय प्रमुख अन्जना खड्काले दिनु भयो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *