राम चन्द्र प्रजापति

भक्तपुर ६ फागुन।रोम्बस सेकेण्डरी स्कुलका प्रीन्सिपल राजनीतिक विश्लेषक साहियकार वहुप्रतिभाशाली व्यक्तित्व कवि राजेन्द्र कोजुको आगोका अक्षरहरु कविता सङ्ग्रह विमोचन तथा परिचर्चा आज विशेष कार्यक्रम गरि सम्पन्न भयो। प्रमुख अतिथि साहित्यकार प्रीन्सिपल सुर्य प्रसाद लाकोजुले आगोका अक्षरहरु कविता सङ्ग्रहको शिर्षकबारे चर्चा गर्नु भयो।
आगो भनेको उर्जाको प्रतीक हो आगोलाई सहि सदुपयोग गर्नु पर्छ यदि दुरुपयोग भयो भने आग्लागी हुन सक्छ।धनजनको क्षति हुन सक्छ नाश हुन सक्छ अति भयो भने खती हुन्छ। त्यसैले आगो हाम्रो लागि चाहिने चिज हो।आगोको सहि सदुपयोग हुनु पर्छ । त्यस्तै आगोका अक्षरहरु कविता सङ्ग्रहको अर्को अर्थमा समाजमा भएका अन्याय अत्याचार भ्रष्टाचार शोषण विरोधको प्रतिकात्मक कविताको सन्देश रहेको बताउनु भयो। अक्षर संसारको सबभन्दा बलसाविक हो। अक्षर कर्म चेतनाको कर्म हो अक्षरले सबैलाई जोड्ने काम गर्छ, तपाईं जेसुकै लेख्नुस अक्षर सहित्यकारले मात्र लेख्दैन सबैले लेख्छ अक्षरको शक्ति ठुलो छ। डा. राजेन्द्र कोजु कहाँको र म सुर्य प्रसाद लाकोजु कहाँको हामीलाई अक्षरले जोडेको हो प्रमुख अतिथि लाकोजु भनुहुन्छ।
अतिथि साहित्यकार लघु कथाकार अमृता धितालले
आगोका अक्षरहरु कविता सङ्ग्रह कृतिले विकृति परिवर्तनका शव्द पिडा र अनुभूति प्रतिभाशाली सत्यको ओकालत गर्ने कृति हो। आगो केवल तातो मात्र होइन विद्रोह पनि हो। कविता सङ्ग्रहका सम्पादक जिवनाथ अधिकरीको सभापतित्वमा सम्पन्न कार्यक्रम मेरित कोजुले संचालन गरेका हुन।
