भक्तपुुर । १० फागुन
नेकपा एमालेको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सोमप्रसाद मिश्रले ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउने आफुले प्रयास गर्ने बताएका छन् ।
निर्वाचनको घरदैलो कार्यक्रम अन्तरगत भक्तपुर नगरपालिकाको वडा नं. १ दुधपाटीबाट शुभारम्भ गर्दै एमालेका उम्मेदवार मिश्रले भने ख्वप “सांस्कृतिक विश्वविद्यालय बनाउनुको साथै कला संस्कस्कृतीलाई संरक्षण गर्न हामी तत्पर छौं ।” यो निर्वाचन स्थानिय तहको होइन सघिय संसदको निर्वाचन भएकोले नीत
तथा कानुन निर्माण गर्न ठुलो दलको भूमिकाको महत्त्वपूर्ण हुन्छ त्यसैले सुर्यमा मतदान मात्र होइन मन भित्रबाट मत दिनु भइ भक्तपुर नगरका अवाज सुन्नेलाई दिन आग्रह गरे। भक्तपुर विगतदेखिको बर्चश्वलाई तोडेन सबै भक्तपुरबासीलाई साथ दिन समेत मिश्रले आग्रह गरेका छन् ।

