Header ads

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मध्यपुरथिमि नगर समितिका पूर्व अध्यक्ष भुवन वागको नेतृत्वमा नगर पदाधिकारीहरु सहितको राप्रपा नेकपा (एमाले) प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मध्यपुरथिमि नगर समितिका पूर्व अध्यक्ष भुवन वागको नेतृत्वमा नगर पदाधिकारीहरु सहितको राप्रपा नेकपा (एमाले) प्रवेश

भक्तपुर, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मध्यपुरथिमि नगर समितिका पूर्व अध्यक्ष भुवन वागको नेतृत्वमा नगर पदाधिकारीहरुसहितको राप्रपा टिम नेकपा (एमाले) प्रवेश गरेका छन् ।

मध्यपुरथिमिमा बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष वागको नेतृत्वमा नगर कोषाध्यक्ष शलिम पुजारी, नगर सचिव मानबहादुर राजवाहकसहित २५ सदस्यीय पुरै नगर समिति एमालेमा प्रवेश गरेको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं आसन्न २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका भक्तपुर क्षेत्र नं.२ का एमाले उम्मेदवार महेश बस्नेतले राप्रपाको टिमलाई एमाले प्रवास गराउनु भएको हो ।

 

एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापालगायत नेतृत्व सहभागि पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सचिव महेश बस्नेतले भक्तपुरको विकास, मध्यपुर थिमिमा पर्यटन प्रवद्र्धन गर्न, युवा रोजगारीलगायत विकास र समृद्धिको लक्ष्य पुरा गर्न आउने युवाहरुलाई एमालेमा स्वागत गर्नु भयो ।

कार्यक्रममा एमाले अध्यक्ष बचन देउजा र उपाध्यक्ष किरण थापाले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार महेश बस्नेतलाई निर्वाचित गराउन राप्रपामा नेतृत्व तहमा रहेर लामो समय काम गर्ने टिमलाई एमालेमा स्वागत गरेको बताउनुभयो ।

राप्रपाबाट एमालेमा प्रवेश गरेका भुवन वागले भक्तपरको विकासका लागि एमाले नेता महेश बस्नेतको जीत सुनिश्चित गर्नु आवश्यक रहेको बताउदै विकास र समृद्धिका नायक भएकाले एमाले प्रवेश गरेर आउँदो निर्वाचनमा महेश बस्नेतलाई निर्वाचित गराउन लाग्ने बताएका छन् ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *