404 Not Found


nginx
साँस्कृतिक तथा पर्यटकिय गतिविधी बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिने : मेयर बासुदेव थापा - परिवर्तनशील आवाज
Header ads

साँस्कृतिक तथा पर्यटकिय गतिविधी बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिने : मेयर बासुदेव थापा

साँस्कृतिक तथा पर्यटकिय गतिविधी बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिने : मेयर बासुदेव थापा

२०८३, बैशाख ८,

भक्तपुुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव समापन भएको छ । चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिव १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।
“उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरेको अध्यक्ष महतले भने । महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री समेत राखिएको थियो । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू थिए । ती स्टलमा रहेका व्यापारी साथीहरुले करिब ३ करोड रुपैँया बराबारको व्यापार गर्नुभएको छ, अध्यक्ष महतले भने ।

दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई रहेको छ ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ताखालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । “रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा गर्न समेत टेवा पुग्ने विश्वास लिएको छु,” नगरप्रमुख थापाले भने । भक्तपुर जिल्ला र सूर्यविनायक नरगपालपालिकाको साँस्कृतिक तथा पर्यटकिय गतिविधी बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिने उनको भनाई रहेको छ ।

महोत्सवमा नृत्य प्रतियोगीता, प्रथमलाई २० हजार पुरस्कार दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् । रेम्बो तामाङ र रेविका लामाले सान्तवना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् । उक्त अवसरमा समय समाज साप्ताहीककी पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको छ ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *