Header ads

ब्लड डोनर्स एसोसिएसन नेपाल भक्तपुर जिल्ला शाखाले माननीय रुकेश रंजितलाई सम्मान।

ब्लड डोनर्स एसोसिएसन नेपाल भक्तपुर जिल्ला शाखाले माननीय रुकेश रंजितलाई सम्मान।

राम चन्द्र प्रजापति भक्तपुर , १३ बैशाख । सामाजिक अभियानता प्रभावशाली व्यक्तित्वका रूपमा परिचित रुकेश रञ्जित भक्तपुर क्षेत्र नं १ को सांघिय सांसदमा निर्वाचित हुनु भएकोमा ब्लड डोनर्स एसोसिएसन नेपाल भक्तपुर जिल्ला शाखाले एक कार्यक्रम गरि सम्मान पत्र र खाडाले सम्मान गरियो । उहाँ व्लोदान भक्तपुरका पूर्व अध्यक्ष र व्लोदान केन्द्रीय सदस्य हुन।​​सम्मान कार्यक्रममा माननीय रुकेश रंजितले ​”जनप्रतिनिधि र सामाजिक संस्थाहरूको सहकार्यले मात्र भक्तपुरलाई स्वास्थ्य सेवामा अगाडि बढन सकिन्छ। रगतको अभावमा कोही पनि नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने अभियानमा मेरो पूर्ण साथ रहनेछ।” माननीय रञ्जितले ​यो सम्मान कार्यक्रमले व्लोदान संस्था र स्थानीय सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गर्न सकिन्छ। भक्तपुरको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन निकै सान्दर्भिक र दूरगामी महत्त्वका छन्। भक्तपुरलाई केवल सांस्कृतिक सहरमा मात्र सीमित नराखी आधुनिक र सुगम जिल्ला बनाउन धेरै काम गर्नु पर्ने बताउनु भयो।

व्लोदान केन्द्रीय उपाध्यक्ष उज्ज्वल के सिले विना सोध भर्ना निशुल्क रगत विरामिलाई प्रदान गर्न रक्तदान कार्यक्रम गर्न विभिन्न निकायलाइ उत्प्रेरित गर्ने संस्था व्लोदान हो। व्लोदान केन्द्रले गरेका काम र आगामी कार्यबारे जानकारी गर्नु भयो।व्लोदान भक्तपुरका सल्लाहकार एवं चांगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष सोम प्रधानले भक्तपुर क्षेत्र नं १ विगतमा निर्वाचित हुनु भएका जनप्रतिनिधिले नीति निर्माण कानुन बनाउने सांसदको काम, विकास निर्माणका काम सासदको होइन भने गरेकाले विकासका परिणाममुखी दिन नसकेको हुदा यो क्षेत्र पछी परेको हो। आफू निर्वाचनबाट वडा अध्यक्ष भएपछि विकासका काम केही भएको छ। वडा अध्यक्ष प्रधानले बधाई तथा शुभकामना दिने क्रममा सासद रुकेश रंजितले सामाजिक गतिविधिको साथ साथै जनताको आपेक्षा अनुसार विकासका काम गर्न सकोस भनी शुभकामना दिनु भयो। व्लोदान भक्तपुर अध्यक्ष निर्मला सुवालको सभपतित्वमा सम्पन्न सम्मान कार्यक्रम व्लोदान भक्तपुरका उपाध्यक्ष सोहन रंजितले संचालन गर्नु भएको थियो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *