Header ads

चाँगुनारायण नगरपालिका वडा नं. ८ मा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न

चाँगुनारायण नगरपालिका वडा नं. ८ मा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न

भक्तपुर, १४ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज वडा नं. ८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा जनताको चासो, गुनासो, समस्या तथा समाधानको उपाय सहितको भावी योजनाहरुको बारेमा विस्तृत जानकारीमूलक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । नागरिकको आशा र सिर्जनात्मक दिशानिर्देशलाई रचनात्मक तथा प्रभावकारी रुपमा नागरिक उपयोगी हुनुपर्नेमा जोड दिइयो । स्थानीय चुनौती, सुशासन र समस्या तथा समाधानको उपायहरुको खोजिको रुपमा समेत उक्त कार्यक्रमलाई लिइएको छ । कार्यक्रममा वडामा निर्वाचित जनप्रतिनिधिले सुझाव, असल अभ्यासका रचनात्मक तथा सकारात्मक प्रश्न, सुझाव तथा समस्याहरु लिइएको थियो । स्थानीय सरकार जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनताको माग र चाहना अनुसार कार्यसम्पादन हुनुपर्नेमभा जोड दिइयो ।


कार्यक्रममा वडा सचिव राजकुमार गिरीले वडा क्षेत्रमा भइरहेका कार्यसम्पादन तथा गतिविधिहरुको बारेमा विस्तृतमा विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार वडामा चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरु ११९ वटा रहेका छन् भने ७२० जना नागरिकले सामाजिक सुरक्षाभत्ता लिइरहेका छन् । वडामा भइरहेका प्रशासनिक तथा भौतिक विकासको विवरण प्रस्तुत गर्दै उहाँले चालु आवमा एक करोड ६० लाख ७६ हजार सात सय ४५ रुपैंया राजस्व संकलन भएको जानकारी दिनुभयो । वडामा युवा, महिला, अपाङ्गता, वालविवाह, जेष्ठ नागरिक, प्रहरी साझेदारीलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको जनकारी गराउँदै उहाँले जेष्ठ नागरिकलाई धार्मिक तथा सांस्कृतिक भ्रमण, डिजिटल अभिमुखीकरण, जनचेतनामूलक सडक नाटक लगायतका सचेतनामूलक कार्यहरु भएको बताउनुभयो ।


कार्यक्रममा उपस्थित भएका स्थानीयवासीले वर्तमान जनप्रतिनिधि धन्यवादको पात्र भएको बताए । जनताको असिमित चाहना र मागलाई मध्यनजर गर्दै सिमित स्रोत र साधनका बिच पनि न्युनतम आवश्यकता पुरा भएको उल्लेख गर्दै अब दिगो विकास र समृद्धिको स्थायी आधार तयार पार्नुपर्नेमा जोड दिए । शिक्षालाई हबको रुपमा विकास गर्ने वडाको दिर्घकालिन योजना उत्कृष्ट रहेको उल्लेख गर्दै सहभागीहरुले शिक्षक–शिक्षिकालाई उत्प्रेरणा कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए । शनिवार र आइतबार विदा दिने निर्णयलाई पुर्नविचार गर्न समेत आग्रह गरे । उनीहरुले प्राइभेटलाई पोस्ने र सामुदायीकलाई झोस्ने प्रकारका विभेदकारी निर्णय गर्न नहुनेमा सचेत गराए । विद्यालयको स्कुल बस चलाउनुपर्नेमा समेत जोड थियो । विद्यालयमा व्यवहारिक शिक्षालाई जोड दिनुपर्नै माग गर्दै सहभागीले नैतिक शिक्षा अनिवार्य गर्न आग्रह गरे । त्यस्तै मनोमानि रुपमा शिक्षक सरुवा गर्नु नहुनेमा सचेत गराउँदै चालु शैक्षिक सत्रमा सरुवा नहुने व्यवस्था गर्न आग्रह गरे । अपाङ्गता भएका व्यक्तिले पढ्न पाउने ग्यारेन्टी गर्नुपर्ने उल्लेख गर्दै उचित बजेट तथा कार्यक्रम ल्याउन आग्रह गरे । त्यस्तै वृद्धभत्तालाई घरघर वितरण गर्ने व्यवस्था गर्न आग्रह गरे ।
खोलामा प्लास्टिक तथा अन्य फोहोरहरु फाल्ने गरेकाले वातवरण प्रदुषण भइरहेको प्रति सचेत हुन आग्रह गर्दै जनताको सफा र सुन्दर वातावरणमा जीविकोपार्जन गर्ने नैसर्गिक अधिकारलाई वडाले विशेष ध्यान दिन जरुरी रहेको औंल्याए ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *