Header ads

प्राज्ञिक भेला, साहित्य विमर्श तथा स्रष्टा सम्मान

प्राज्ञिक भेला, साहित्य विमर्श तथा स्रष्टा सम्मान

राम चन्द्र प्रजापति
असार १३ ललितपुर । गोदावरी साहित्य परिषदको आयोजना तथा ललितपुर साहित्य समाजको साझेदारी समन्वयमा र गोदावरी नगर पालिकाको आर्थिक तथा प्रविधिक सहयोगमा प्राज्ञिक भेला, साहित्य विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम गोदावरी नगर पालिकाको बज्रवाराही हलमा परिषदका अध्यक्ष नवराज सन्जेलको सभापतित्वमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनले पानसमा दीप प्रज्वलन गरि गर्नु भएको थियो। प्रमुख अतिथि महर्जनले परिषदले नेपाली साहित्य सिर्जना ,साहित्य उन्नयन भाषिक सांस्कृतिक खोज अनुसन्धान तथा विधागत उत्थान गर्नुका साथै भाषा साहित्य कला संस्कृती क्षेत्रमा विशिष्ट गोगदान पुर्‍याउने अभिप्रायले परिषद अगाडी बढिरहेकोमा ललितपुर जिल्लाका ६ वटै स्थानिय पालिकाको साहित्यका छुट्टै पहिचान दिएको छ।

कार्यक्रमका सभापति एवं परिषद अध्यक्ष नवराज सन्जेलले प्राज्ञिग भेला,साहित्य विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम तीन चरणमा हुने जानकारी गर्नु भयो। पहिलो सत्र ललितपुरमा साहित्य प्रवर्द्धन विषयक कार्यपत्र जयदेव भट्टराईले प्रस्तुत गर्नु भएको छ। प्रस्तुत कार्यपत्र माथी पूरक प्रस्तुति गोपाल सन्जेल र रामसुन्दर के.सी.ले गर्नु भयो । दोस्रो सत्रमा कार्यक्रमको औपचारिक समुद्घाटन पुस्तक विमोचन तथा स्रष्टा सम्मान र ललितपुरका ६ वटै पालिकाहरुमा साहिय कला प्रवर्द्धन संस्थागत स्थिति विषयक विमर्श पालिका प्रमुख तथा जिल्ला समन्वय प्रमुखको सहभागीतामा सम्पन्न हुने तेस्रो सत्र ६ पालिकाका ३० जना कविहरुबाट कविता वाचन र कविता समिक्षा , निष्कर्ष सहित घोषणापत्र जारी सहित कार्यक्रम सम्पन्न हुने उद्घाटन कार्यक्रममा जानकारी गर्नु भयो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *