लेखक : नरेश सुवाल
Catch`n Serve Ball
समाजको बिकास क्रम सगै मनोरञ्जन र स्वास्थ तथा मैत्रीपुर्ण समाज निर्माणको लागी बिभिन्न ऐतिहासिक कालहरुमा बिभिन्न खेलहरु बिकास भएको पाईन्छ । यसै क्रममा पछिलो समय Catc,n Serve ball को सुरुवात मुलत अमेरिका युरोप ईजरायल हुदै नेपालमा आइपुगेको छ ।
। खेलको ईतिहास निलाल्दा भबिबल सगैसगै यो खेल सुरुवाट भएको देखिन्छ । अमेरिका बाट Newcomb ball नाम बाट सुरु भएको यो खेल ईजरायलमा mamanet/ catch`n servball हुदै नेपाल आइपुगेको छ । यो खेल भलिबल बास्केटबल कै स्वरुपमा भए पनि विशेष गरी यी दुई गेम भन्दा धेरै सजिलो गरी महिलाहरु खेल्ने खेल हो । अझ भनौ यो खेल गृहनी महिलाहरु
खेल्ने खेल हो । भलिबलको नियम संग धेरै मिले पनि यो खेलमा बललाई नहिर्काइकन बललाई समात्ने र बिपक्ष पति फाल्ने खेल हो ।
यो खेलको मुल नारा कासाय् समानता र भिंउसाँ जीवनया निंति कासा — भुतुलिसे अन्तर्राष्ट्रिय कासा ख्यलय तक बSports for Equality and Healthy Living — From the Kitchen to the International Sports Ground)खेलको यस नाराले नै प्रष्ट हुन्छ यो खेल बिशेश गरी चुलो चौका गरी बस्ने गृहणी महिलाहरुलाई खेलमा पहुँच पुर्न्याइ पुरुष सरह समान अबसर समानता स्वास्थ जिवन देखि अन्तर्राष्ट्रिय खेल मैदान सम्म पुर्न्याउने खेलको मुख्य लक्ष्य देखिन्छ । बिस्तृत भनु पर्दा खेलको मुल नारालाई आत्मसात् गर्दै विशेष गरी महिला दिदीबहिनीहरूलाई खेलकुदमा संलग्न गराई महिला सहभागिता, नेतृत्व विकास, सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सद्भाव र मित्रताको भावना विकास गर्ने उद्देश्यले Catch’n Serve Ball खेल सुरु भएको देखिन्छ । यस खेल खेलमार्फत महिलाहरूलाई चुलोचौकादेखि खेल मैदानसम्म आउन प्रेरित गर्नुका साथै विश्व खेलकुद क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचारप्रसारमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
यही उद्देश्यका साथ नेपालमा सन् २०२५ मा स्थापना भएको Catch’n Serve Ball खेललाई थप व्यवस्थित र विस्तार गर्ने क्रममा नेपाल संवत् ११४६ अनलागा १० ,सन् २०२६ जुन १० तारिख बुधबारका दिन महेश्वरी फुटबल मैदान, भक्तपुरमा नेवा: मिसा: दबू ख्वप जिल्ला नकिं मयजु सरीता दुवाल , देय दबू ख्वप अध्यक्ष नरेश सुवाल र कोच टिमबाट कादम्बरी दाना श्रेष्ठ ज्युको सयुक्त रिबन काटेर पहिलो पटक भक्तपुरमा Catch’n Serve Ball Bhaktapur को औपचारिक उद्घाटन सम्पन्न भएको छ।
उदघाटन सगै सुरु भएको यस Catch`n Serve ball Bhaktapur branch नेवा: देय् दबू ख्वप लागाको साथ सहयोग र समन्वयमा हाल प्रत्येक सनिवार बेलुका महेस्वरी खेल मैदानमा र प्रत्येक दिन सरस्वती स्कुल कमलबिनायकको खेल मैदान बिहान ६ बजे देखि ८ बजे सम्म निकै उत्साहको साथ खेल भै रहेको छ ।
बिशेश गरी गृहणी महिला दिदिबहिनिहरुलाई खेल क्षेत्रमा अभिप्रेरित गर्ने उदेश्य साथ भक्तपुरमा पहिलो पटक भित्रीएको यस खेललाई ब्यापक रुपमा बिकास गर्न स्थानिय पालिका सरकार वडा तथा नगर खेलकुद बिकास परिषदले आगामी दिनमा साथ सहयोग हुनेछ बिश्वस्त छ ।
खेलले समाजमा सामाजिक सदभाब बिकास गरी समाजलाई जोड्ने पुलको रुपमा लिदै गर्दा नेपाल जस्तो बहुभाषिक बहुधार्मिक बहुसास्कृतिक देशमा बिबिधता भएको देशमा Catch`n Serve ball ले अझ महत्त्वपूर्ण भुमिका खेल्ने छ भने कुरा दुइ मत नहोला र यस खेल मार्फत नेपालमा मात्र नभइ खेलकुद क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचारप्रसारमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
यस खेलमा मैदान दुइ तिर नौ नौ मिटर हुनेछ भने नेट लम्बाइ ९ मितर र नेटहाइथ २.२४ मिटर हुनेछ ।
खेलमा दुई तिर छ छ जना भएर खेल्ने खेल हो ।
