२०८३ भाद्र ९ मंगलबार
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । मुख्मन्त्री थापाले मंगलबार साँझ भएको मतदानमा ५७ मत पाएका हुन । थापालाई सरकार टिकाउन ५३ मत आवश्यक थियो। उनले प्रदेशसभाको कुल उपस्थित ५८ सांसद मध्ये ५७ मत पाएका हुन् । मौजुदा संसद्को १०४ सदस्य मध्ये मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सत्तारुढ ३ दलका ५८ सांसद मात्र उपस्थित थिए ।
