भक्तपुर । भाद्र २९
सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप २०८३ समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष पुष्पराज बस्नेत नेपाल सितेरियो संघका केन्द्रीय सदस्य राधिका देउला नेपाल सितेरियाे कराते सघ भक्तपुर जिल्लाका अध्यक्ष राजन चित्रकार ज्यू सूर्यविनायक नगर सितेरियो कराते सघका अध्यक्ष कृष्णराम ज्याकी ज्यू लगायत सितिरे कराते सँगसँगै आबद्ध हुनुभएका महानुभावहरूको उपस्थितिमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा टिम च्याम्पियन हुन सफल अरनीको माध्यमिक
विद्यालयले १० स्वर्ण ६ रजत २ कास्य नगद पुरस्कार रु. २०,००० हासिल गर्दै टिम च्याम्पियन बन्न सफल भएको छ । ददिकोट डोजो द्वितीय स्थान हुन सफल भएको छ। जसमा ५ स्वर्ण ३ कास्य ४ रजत सहित नगद पुरस्कार रु १५ ००० दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। यसैगरी प्रतियोगिताको तृतीय स्थान ब्लुबर्ड स्कुलले २ स्वर्ण ५ कास्य १७ रजत सहित रु १०,००० प्राप्त गरी तेस्रो स्थान हासिल गर्न सफल भएको छ।यसैगरी प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीमा प्रविन तामाङ ददिकोट डोजुका उत्कृष्ट महिला खेलाडीमा पूजा दास श्रेष्ठ
अरुणको माध्यमिक विद्यालयका यसैगरी उदयमान खेलाडी पुरुषतर्फ आदन धोजु ददिकोट डोजुका र उदयमान महिला खेलाडी तेजस्वी सिजखु इ किट्सका हुनुभएको छ। उत्कृष्ट महिला पुरुष खेलाडीहरूले नगद रु ५०००/५००० उदयमान महिला पुरुष खेलाडीले नगद रु ३०००/३००० प्राप्त गर्न सफल हुनुभयो। सम्पूर्ण विजेता खेलाडी भाइबहिनीहरूलाई यस समिति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। सूर्यविनायक नगर सितेरियाे कराते संघलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। प्रतियोगितामा १९० जना खेलाडी भाइबहिनीहरूले सहभागी जनाउनु भएको थियो।
