Header ads

उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सूर्यविनायक नगरपालिकाद्वारा सम्मान।

उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सूर्यविनायक नगरपालिकाद्वारा सम्मान।

राम चन्द्र प्रजापति


असोज २२ बिहिवार
भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले नगरभित्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई नगर पालिकाको सभाहलमा बुधबार भव्य कार्यक्रमका बीच सम्मान गरियो।
​ कार्यक्रममा नगर प्रमुख बासुदेव थापा प्रमुख अतिथिको रूपमा सम्वोधनमा आफू कुरोले होइन काम गरेर देखाउने नगर प्रमुख भएकोले के राम्रो के नराम्रो सबै जनतालाई जानकारी छ। त्यसरी नै खेलकुद क्षेत्रमा पनि उल्लेख्य कार्य गरेको जसले गर्दा आज राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान तथा भेटने अवसर पाएको छ। ​कार्यक्रममा विभिन्न विधाका करिब दुई दर्जन उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई
नगर पालिकाको तर्फबाट बधाई तथा सम्मान व्यक्त गर्न पाएको नगर प्रमुखले भनु भयो।
सुर्यविनायक नगरमा खेलकुदको वातावरण प्रवर्धन गर्ने उद्देश्यले अरनिको माध्यमिक विद्यालयलाई खेलकुदमा उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरियो।
त्यस्तै सम्मानित हुनेहरुमा ​कराँतेतर्फ रामशरण त्वाती साफ गेम खेलाडी, सन्ध्या नगरकोटी अन्तर्राष्ट्रिय पदक विजेता, समिक्षा नगरकोटी अन्तर्राष्ट्रिय पदक विजेता, सञ्जु नगरकोटी अन्तर्राष्ट्रिय पदक विजेता, र विक्रम लामा उत्कृष्ट प्रशिक्षक ​तेक्वान्दो / आईटीएफ तेक्वान्दोमा वैभवी सापकोटा अन्तर्राष्ट्रिय पदक विजेता, प्रभुराम के.सी. अन्तर्राष्ट्रिय पदक विजेता, र शेर बहादुर थापा मगर लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मानित भएको थियो।
​फुटबलमा गङ्गाराम देउजा राष्ट्रिय खेलकुद प्रतियोगिता पदक विजेता, शिभम के.सी. उत्कृष्ट, र पुजन हिङ्ङजु उत्कृष्ट त्यस्तै
​साभातेमा बसिल त्वायना, एकिन कासुला, आरती सिलवाल, र प्रभुराम के.सी. अन्तर्राष्ट्रिय पदक विजेताहरु हुन।
​रग्बीमा निरोज कार्की र विवस बासु (राष्ट्रिय खेलकुद प्रतियोगिता पदक विजेता हुन।
​भारत्तोलनमा लक्ष्मी बन साफ गेम खेलाडी
​भलिबलमा रुपक कुमार विष्ट अन्तर्राष्ट्रिय पदक प्राप्त प्रशिक्षक ​शारीरिक सुगठन सनम मुलगुठी अन्तर्राष्ट्रिय पदक विजेता,​कबड्डीमा रुपक भुजु राष्ट्रिय खेलकुद प्रतियोगिता पदक विजेता
​हक्कीमा राम ढुङ्गाना राष्ट्रिय खेलकुद प्रतियोगिता पदक विजेतालाई नगद तथा सम्मान पत्रले सम्मान गरेको नगर खेलकुद विकास समिति सदस्य सचिव दिपक थापाले जानकारी दिनु भयो।
कार्यक्रममा विशेष अतिथि नगर उप प्रमुख सरिता भट्टराईले खेल एउटा जित र हार मात्र होइन एकपक्ष जित र अर्को पक्ष हार हुनु स्वभाविक हो खेलका नियम अनुशासनमा रहि राष्ट्रिय अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मानित हुने सबैलाई बाधाई दिनु भयो । ७ नं वडा अध्यक्ष रविन्द्र सापकोटा, १० नं वडा अध्यक्ष शिवराम राउट, १ नं वडा अध्यक्ष सानुकाजी कायस्थ, ९ नं वडाका कार्यवाहक वडा अध्यक्ष शेरकाजी सुवाल, ८ नं वडा अध्यक्ष पुष्पराज वस्नेत, नगर कार्यपालिका सदस्य शर्मिला वस्नेत, सुमन परियार लगाएत उपस्थिति रहेका थिए।
​

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *