नेकपा एमाले भक्तपुर नगर कमिटीको आयोजनामा खुल्ला रक्तदान
राम चन्द्र प्रजापति
भक्तपुर । १५ पौष २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर नगर कमिटीको आयोजनामा र नेपाल कम्युनिष्ट पार्टी एमाले २ नं वडा कमिटीको व्यवस्थापनमा भक्तपुर नगर पालिका वडा नं २ व्यासी टुरिष्ट बसपार्क स्थित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिट्व्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज पूर्वमन्त्री महेश बस्नेतले रक्तव्याग हस्तान्तरण गरि उद्घाटन गरि सुरु भएको रक्तदान कार्यक्रममा महिला र पुरुष समेत गरि ३३ जनाले रक्तदान गरेको नेकपा एमाले भक्तपुर नगर अध्यक्ष मदन द्यौलाले जानकारी गरिनु भयो। अमुल्य रक्तदान गरि कार्यक्रममा सरिक भइ मनविय सेवा गर्ने रक्तदाताहरुलाई प्रमुख अतिथिले प्रमाणपत्रले सम्मान गर्नु भएको थियो। अतिथिहरु नेकपा एमाले केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १ का इन्चार्ज सोम प्रसाद मिश्र,नेकपा एमाले केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं २ का इन्चार्ज निर्मल कुमार भट्टराई, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं पूर्व बागमती प्रदेश मन्त्री सरस्वती बाटी नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजा,
नेकपा एमाले बागमती प्रदेश सदस्य मिलन सुवाल,नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १का संयोजक शिवराम तिमिल्सिना, जिल्ला कमिटी सचिवालय सदस्य रन्जु नापित,जिल्ला कमिटी सदस्यहरु सागर द्यौला,नरेश दुवाल,राजाराम सुवाल नगर अध्यक्ष मदन द्यौला लगाएतको अतिथ्थतामा सम्पन्न भयो।
