404 Not Found


nginx
नेवा:मिसा दबु भक्तपुर,गौरती भिमसेनमा - परिवर्तनशील आवाज
Header ads

नेवा:मिसा दबु भक्तपुर,गौरती भिमसेनमा

राम चन्द्र प्रजापति

नेवा:मिसा दबु भक्तपुर,गौरती भिमसेनमा

नेवा:मिसा दबु भक्तपुर जिल्लाको दोस्रो बार्षिकोत्सव तथा नेवा:एकता दिवसको अवसरमा नेवा: मिसा दबु भक्तपुरको आयोजनामा सिन्धुपाल्चोक स्थित गौरती भिमसेनमा वनभोज कार्यक्रम शनिबार सम्पन्न भयो।

कार्यक्रममा नेवा:दे दबु भक्तपुरका अध्यक्ष नरेश नेवाले नेवा: एकता भाषा कला संस्कृतिलाई संरक्षण गरि नयाँ पुस्तालाई सिकाउन सके मात्र संरक्षण गर्न सकिनेछ।भाषा संस्कृति रहेमा आफ्नो पहिचान रहनेछ त्यसैले नेवा एकता हुनु पर्ने बताउनु भयो। नेवा: मिसा दबु भक्तपुरका अध्यक्ष सरिता दुवालले भाषा कला संस्कृति बचाउन आ आफ्नो घर घरबाट नै नेपालभाषा सिकाउनु पर्ने र नेवाहरुको संस्कृतिबारे नयाँ पुस्तालाई सिकाउनु पर्ने बताए। नेवा: दे दबु भक्तपुरका सल्लाहकार एवं पत्रकार कृष्ण प्रजापतिले गौरती भिमसेन, र अन्य भिमसेन सम्बन्धि  नेवासंगको इतिहासबारे बताउनु भयो। वनभोज कार्यक्रममा नेवा भाषा संस्कृति सम्बन्धि प्रश्नोत्तर अन्तरक्रियात्मक कार्यक्रम गरिएको कार्यक्रममा प्रश्नको सहि उत्तर दिनेलाई पुरस्कारको पनि व्यवस्था गरेको थियो।

वनभोजमा नेवा: दे दबु भक्तपुर जिल्लाका उपाध्यक्ष योगि स्यस्य,नेवा:दे दबु भक्तपुर नगर अध्यक्ष कृष्ण प्रसाद प्रजापति,

नेवा:मिसा दबु केन्द्रीय सदस्य सपना वाडे,नेवा:दे दबु जिल्ला कोषाध्यक्ष रमिता किसि,चाँगुनारायण नगर समितिका संयोजक दिनेश लागेजु लागाएत नेवा प्रेमी ४० जना भन्दा बढी वनभोज कार्यक्रममा सहभागी रहेको नेवा:मिसा दबु भक्तपुर जिल्ला अध्यक्ष सरिता दुवालले जानकारी दिनु भयो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *