माघ १६ । परिवर्तनशील आवाज।एभरेष्ट इन्टरनेशनल म्यानेज्मेन्ट कन्सल्टेन्सी एण्ड टेनिङ एजेन्सी प्रा.लि.ले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरको मानकको रुपमा विद्यालयलाई आइएसओ सर्टिफिकेट दिँदै आएको छ ।
सोही कन्सल्ट्यान्सीले बुधबार
भक्तपुर नगर पालिका वडा नं ४ कमल विनायक टाउन प्लानिङ अवस्थितको रोम्वस सेकेण्डरी स्कूलले ‘आइएसओ सर्टिफिकेट’ प्राप्त गरेको छ।उक्त संस्थाले भक्तपुर जिल्लामा रहेका विद्यालयहरुमध्ये रोम्वस सेकेण्डरी स्कूल भक्तपुर नगरपालिकाको पहिलो र भक्तपुर जिल्लाको दोस्रो विद्यालय रहेको जनाएको छ ।
कार्यक्रममा नेकपा (एस) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आइएसओ प्राप्त गर्न सफल रोम्वस स्कुललाई बधाई दिँदै विद्यालयले शिक्षा क्षेत्रमा छोटो अवधिमै उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताए ।

उनले अभिभावकको ध्यान आफ्नो बालबालिकाको भविष्यप्रति हुने भएकाले विद्यालयले अभिभावकको मनोविज्ञानलाई ध्यान दिनुपर्नेमा जोड दिए । ज्ञान र वुद्दि फरक विषय भएको उल्लेख गरेका उनले अहिलेका पुस्तालाई संसारसँग प्रतिस्पर्धा गर्न ज्ञानको जरुरी रहेको चर्चा गर्दै विद्यालयले प्राप्त गरेको आइएसओ सर्टिफिकेटले त्यो आवश्यकता पूरा गर्ने मार्ग प्रशस्त गरेको जनाए ।
कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सैलेन्द्र खरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कोजू र संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो क्रममा उनले आइएसओ प्रमाणपत्रको विषयमा जानकारी दिए ।
कार्यक्रममा डा. इवामुरा मेमोरियल अस्पतालको आकस्मिक शाखाका डा. विनोद दंगालले पनि विद्यालयले प्राप्त गरेको सफलताको लागि बधाई दिए । सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा प्रिन्सिपल डा. कोजूले उक्त प्रमाणपत्रसँगै विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितताको आधार बनेको जनाए ।


