Header ads

कविता त्रास र धम्की

कविता
त्रास र धम्की

तिम्राे अनुहार
किन
जन्तु ..जन्तु जस्ताे
देखि रहेछु म?
जस्ताे कि जंङ्गली जनावर जस्ताे
के याे सन्त्रास फैलाउने अनुहार
मान्छे कै हाे ?
अँ हँ म विश्वास गर्न सक्दिनँ
तिमी मानव
हाै वा
जनावर?
हैन भने
फेरि किन
लगाउन खाेजिरहेछाै
राणा शासकले
मिल्काएकाे
झुत्राे  मुकुण्डो ?

फेरि
किन खाेज्दैछाै तर्साउन?
मानव बन्न
संघर्षरत  मानवलाई ?
छि…
डर,त्रास अनि धम्कीकाे आडमा
तँ नरपशु बन्दै गएकाे
म हेरिरहेछु
युग युगदेखि
हे नरपशु
तँ
मान्छेकाे रूपमा
बनेर जङ्गली
फेरि उहीँ
मुढे बल देखाउँदै छाै
बिर्सिस् मानवताकाे साङ्लाेले
छयालिस् सालको
जन आन्दोलनकाे हुरी कुल्चेकाे ?
त्यतिबेला पनि तिमिले
फ्याँकेर पञ्चायतकाे  मुकुण्डो
लगाएर बहुदलकाे मुकुण्डो
सज्जन मानवमाथि
बर्षाएकै हाे
डर,त्रास र धम्की
हे मानव रुपि जन्तु
तिमी नै हाै
मानवता निचाेरेर
जनयुद्धकाे नाममा
घट घट मान्छेकै रगत पिउने ।
त्यति मात्र हैन
फेरि
बैसठ्ठी त्रीसठ्ठीको आन्दोलनमा
छाडेर बहुदलकाे मुकुण्डो
लगाएर फेरि
संघीय लोकतान्त्रिक गणतन्त्रको मुकुण्डो
फेरि तर्साइरहेछाै
अनि
दिइरहेछा‌ै धम्की
हे नरपशु
हे  जनावर
सज्जन मानवलाई
चित्तामा पुगेर पनि
दिइरहेछाै
डर,त्रास अनि धम्की
तँ सच्चिन्छस् कहिले?
यदि
तिमि
सच्चिएनाै भने
जाग्न बाध्य हुनेछु म
जाग्न बाध्य हुनेछ
याे पुष्ता

जगाएर फेरि भावी पुस्ताले
गर्नेछ अन्त्येष्टि
याे युगले
हाेसियार !!

राम चन्द्र प्रजापति

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *