Header ads

ब्लाेदान भक्तपुरकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न

ब्लाेदान भक्तपुरकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न

ब्लाेदान भक्तपुरकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न
– राजुराम मुनंकर्मी


भक्तपुर,
रगत अावश्यक पर्ने बिरामीहरूकाे लागि विना शाेधभर्ना नि:शुल्क रगत उपलव्ध गराउनु पर्ने मूल उद्धेश्य बाेकी स्थापना भएकाे संस्था ब्लड डाेनर्स एशाेसियशन नेपाल (ब्लाेदान) काे भक्तपुर शाखाकाे १३ औं वार्षिक साधारण सभा कार्यवाहक शाखा अध्यक्ष निर्मला सुवालकाे सभाध्यक्षतामा भव्यतापूर्वक सम्पन्न भयाे । भक्तपुर स्थित भक्तपुर उद्याेग बाणिज्य सङ्घकाे सभाकक्षमा कार्यक्रमकाे समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि ब्लाेदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले ” नेपालमा पेशेवर रक्तदाता विस्थापित गरी स्वयमसेवी रक्तदाताहरूबाट रक्तदान कार्यक्रमकाे थालनी गर्नमा ब्लाेदानकाे अहम् भूमिका रहेकाे” चर्चा गर्नु हुँदै रक्तदाताहरूमा उत्प्रेरणा जगाउन र स्वयमसेवी भावना जगाउन निरन्तर लागिरहने बताउनुभयाे ।
त्यसैगरी साेही कार्यक्रममा बिशेष अतिथि नेपाल रेडक्रस साेसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले ” रक्तदान गर्ने सङ्घ संस्थाहरू र ब्लाेदानप्रति नेपाल रेडक्रस साेसाइटीकाे सधैं सकारात्मक र सहयाेगपूर्ण भूमिका रहने ” चर्चा गर्नुहुँदै स्थानीय पालिकाहरूसँग समन्वय गरी रक्तदाताहरूमा थप उत्साह जगाउने कार्यकाे लागि प्रयासरत रहेकाे बताउनुभयाे। त्यसैगरी शुभकामना मन्तव्यकै क्रममा ब्लाेदानका केन्द्रीय उपाध्यक्ष उज्वल के.सी.र ब्लाेदान भक्तपुर शाखाका संस्थापक अध्यक्ष पहलमान श्रेष्ठलगायतले ” युवावर्ग धमाधम वैदेशिक राेजगारकाे सिलसिलामा विदेश पलायन हुँदै जानु, उमेर ढल्किँदै गएपछि लाग्ने विविध राेगका कारण रक्तदान कार्यमा कमी आउनु जस्ता चुनाैतीहरूकाे सामना गरिरहनु परेकाे ” बताउनुभयाे ।
उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेेष अतिथि, अतिथि र अन्य सहभागीहरूलाई कार्यसमिति सदस्य राजेश्वरी शिल्पकारले स्वागत गर्नुका साथै ब्लाेदानका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सम्मान समेत गरिएकाे थियाे ।
साेही सभामा सचिव साेहन रन्जितद्वारा प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेकाे थियाे ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *