404 Not Found


nginx
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा विनोद कोजु - परिवर्तनशील आवाज
Header ads

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा विनोद कोजु

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा विनोद कोजु

भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा विनोद कोजु सर्वसम्मत चयन हुनुभएको छ ।

आज भएको शाखाको पाँचौं अधिवेशनले कोजुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा राम गोपाल तमखु, सचिवमा दिपक श्रेष्ठ, सह-सचिवमा निशा कुस्मा र कोषाध्यक्षमा किरण सुवाल सर्वसम्मत चयन भएका छन् । यस्तै, दुई सदस्य पछि थप गर्ने गरी सदस्यहरूमा क्रमशः विपना मुसिख्वाल, संगम लामा, जेपी श्रेष्ठ, मिलन प्रजापति, रजित तको, जेनिस वाडे रहेका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नारायण सुन्दर किलम्बु, मोहन बल्ल र रेनु त्वायनाबासुलाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा सुन्दर सिल्पकार, रामचन्द प्रजापति, कृष्ण प्रजापति र नविना खर्बुजालाई चयन गरेको छ । नयाँ कार्यसमितिको सपथ र पदस्थापन कार्यक्रम आजै सम्पन्न भएको छ ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *